Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

loading views..

पोखरा। वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा पुनः नियुक्त भएका छन्।प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्। यसअघि पनि ओली प्रधानमन्त्री हुँदा उनी महान्यायाधिवक्ता थिए।

काठमाडौं महानगरपालिका– ७ चाबहिल निवासी बडाललाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्