सेतो दुबी’ किन आउँछ ? कसरी राहत पाउने ?

सेतो दुबी’ किन आउँछ ? कसरी राहत पाउने ?

एजेन्सी। छालासँग जोडिएका समस्या प्रायः कुनै न कुनै पोषक तत्वको कमीले गर्दा हुन्छ । आज हामीले सेतो दुबी केको कमीले हुन्छ भन्नेबारे बताउँनेछौं ।

सेतो दुबी हुँदा छालाको रंग हल्का वा सेतो हुन थाल्छ । यस्तोमा सूर्यको सम्पर्कमा आउने छाला अझ बढी प्रभावित हुन्छ । केही मानिसलाई सेतो दुबी भएको भागमा चिलाउने वा पोल्ने समस्या पनि हुन सक्छ ।

छालाको रंग बनाउन सहयोग गर्ने कोशिकाहरु जसलाई ‘मेलेनोसाइट्स’ भनिन्छ । यो नष्ट हुँदै जाँदा सेतो दुबीको समस्या हुन्छ ।
सेतो दुबी प्रायः भिटामिन बी १२ को कमीले हुने गर्छ । यस्तोमा शरीरमा मेलेनिनको कमी हुन थाल्छ ।

सेतो दुबीको समस्याबाट बच्न भिटामिन बी १२ ले नै तपाईंलाई सहयोग गर्न सक्छ । यसको कमी पूरा गर्न दुध, दही, ओट्स, पनीर, च्याउ जस्ता चिज सेवन गर्न सकिन्छ ।

सेतो दुबी कम गर्न तुलसीका पातको पेस्टमा कागतीको रस मिसाएर लगाउनुहोस् । यसमा एन्टीफंगल गुण पाइन्छ ।

त्यस्तै, सेतो दुबीबाट राहत पाउन एलोवेरा जेल पनि एकदमै लाभदायक हुन्छ । यसको एन्टीफंगल र एन्टीमाइक्रोबियल गुणले यस्तो समस्यामा फाइदा गर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.