गोरखा । प्रतिनिधि सभाका सांसद चुडामणी खड्काले गोरखा जिल्ला अस्पताललाई नमुना अस्पताल बनाउन आफुले पहल गर्ने बताएका छन् ।
कोभिड १९ को सन्दर्भमा गोरखा अस्पतालले दिएको सेवाबाट सिङ्गो देशका अन्य अस्पतालहरुलाई समेत सकरात्मक शिक्षा मिलेको उनले बताए । सिमित श्रोत साधनका बीच अस्पतालमा रहेका स्वास्थ्यकर्मीहरुको खटाइ र सावधानिले गोरखाबासीले उचित स्वास्थ्य सेवा पाउन सकेको उनले बताए ।
गोरखाबाट समानुपातिक कोटाबाट सांसदको प्रतिनिधित्व गर्दै आएका सांसद खड्काले अस्पतालका लागि आवश्यक पिपिइ सेट, माक्स,स्यानीटाइजर लगायतका स्वास्थ्य सामग्री अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट नविन थापालाई हस्तान्तरण गरेका थिए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.