काठमाडौं । नेपाल टेलिकम आजबाट १८ औँ वर्षमा प्रवेश गरेको छ । नेपालको दूरसञ्चार सेवामा अग्रस्थानमा रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सत्र वर्ष पूरा गरी अठारौँ वर्षमा प्रवेश गरेको हो । सरकारले अघि सारेको डिजिटन नेपाल अवधारणालाई सार्थक बनाउन टेलिकमले देशको दुर्गम क्षेत्रमा समेत उच्चतम प्रविधिको प्रयोग मार्फत सेवा ग्राहक समक्ष सेवा प्रदान गर्दै आएको छ । देशमा दूरसञ्चार सेवाको शुरुवात, विकास र विस्तारको एक शताब्दीभन्दा लामो गौरवशाली इतिहास बोकेको संस्था विसं २०६० माघ २२ गते ‘कम्पनी’ मा रुपान्तरण भएको थियो । टेलिकमले कम्पनीको १७औँ वार्षिकोत्सवका अवसरमा बिहीबारदेखि मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक सुविधासहित फोरजी वायरलेस होम ब्रोडव्याण्ड सर्भिस र मेसिन टु मेसिन डाटा र एसएमएस सेवाको शुरुवात गरेको छ । सेवाग्राहीको चाहना तथा बजारको मागलाई दृष्टिगत गर्दै अगाडि बढेको टेलिकमको सेवा मुलुकको करीब ७० प्रतिशत जनसङ्ख्यामा कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ । कम्पनीले आधारभूत टेलिफोन, ताररहित मोबाइल, अति दुर्गम विकट स्थानमा स्याटेलाइट प्रविधिमा आधारित टेलिफोन सेवा, इन्टरनेटर डाटा सेवा तथा अन्य सेवा उपलब्ध गराउँदै आएको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.