Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

रोकी राखेको ट्रकको डिजेल चोरी गर्ने २ जना पक्राउ

loading views..

पोखरा। पोखरा महानगरपालिका वडा नं.०५ प्रस्याङ स्थित पार्किङ गरी राखेको बा ०१००६ ख ३८४० नम्बरको ट्रकको डिजेल ट्याङकीबाट चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा पोखरा महानगरपालिका वडा नं.०२ फिर्केपुल बस्ने वर्ष १९ को रोहित नेपालीलाई पक्राउ गरी सोधपुछ गर्दा निजले उक्त ट्रकबाट ३ वटा पानीको जारमा ६० लिटर डिजेल चोरी गरी पोखरा-दमौली चल्ने ग १ ख ७१०२ नम्बरको बस धनि बाग्लुङ बसपार्क बस्ने जीवन श्रेष्ठलाई चार हजार रुपैयामा बेचेको भनी खुलाएको हुँदा उक्त बस भित्र राखेको पानीको ३ वटा जारमा राखिएको ६० लिटर डिजेल बरामद भएको हुँदा दुबैजना व्यक्तिहरुलाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन सात म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय काश्कीले जनाएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्