Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

गोरखा बहुप्राविधिक शिक्षालयका प्रशिक्षकहरु कुटिए

गोरखा। गोरखा बहुप्राविधिक शिक्षालयका प्रशिक्षकहरु आज कुटिएका छन् । प्रशिक्षकहरु माथि नेपाल विद्यार्थी सँघका नेता श्यामहरी सँग्रौलाको नेतृत्वामा गएको दर्जन बढी युवाहरुले कुटपिट गरेका शिक्षालय प्रमुख प्रदिपराज बसौलाले बताउनुभयो ।
आज १२ बजेको समयमा प्रशिक्षकहरु आशिष रानाभाट लगायतका प्रशिक्षकहरुलाई दुव्र्यवहार गरेर कुटपिट गरेका हुन् । प्रयोगात्मक विषयमा थोरै अङ्क आएको आरोपमा प्रशिक्षकहरुको कार्यकक्षमा गई उनीहरुले कुटपिट गरे लगतै आफूले प्रहरीलाई खबर गरेको बसौलाले बताउनुभयो ।
आफ्ना कार्यकक्षमा बसिरहेका रानाभाटलाई ढोका तोडफोड गरी निर्घात कुटपिट भएको र अफिसका कम्प्युटर, कुर्ची, टेवल, दराज र अन्य कागजपत्रमा क्षेती पुगेको बसौलाले बताउनुभयो ।
कुटपिटमा सँलग्न सँग्रौला हाल सम्म पक्राउ नपरेको प्रहरीले जानकारी दिएको छ । शिक्षालय प्रमुखको कार्यकक्षमा समेत तालाबन्दी भएको र क्षेती समेत धेरै भएकोले पक्राउ गरी दोषीलाई कारवाही गर्नुपर्ने प्रमुख बसौलाले बताउनुभयो ।
पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको शिक्षालयमा पढाइ भन्दा पनि अनावश्यक राजनीति हुने गरेको वडा अध्यक्ष मान बहादुर पौडेलले बताउनुभयो । यस घटनामा शिक्षालय प्रमुख बसौलाको पूणर् दोष रहेको देखिएको उहाँको भनाई छ । आफ्ना प्रशिक्षक फलानो ठाउँमा छ तिमीहरु फेल हुनु उसकै कारण हो आफै कारवाही गर भनेर निर्देशन दिनु गलत भएको उहाँले बताउनुभयो ।

arrow प्रतिक्रिया दिनुहोस्