काठमाडौं। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको उपचारको क्रममा निधन भएको छ । प्रमुख नकर्मीको उपचारमा संलग्न चिकित्सकले हिजो राति मृत घोषणा गरेको वडा नम्बर ७ का अध्यक्ष दिवाकर अधिकारीले जानकारी दिनुभयो ।
लामो समय देखि मिर्गौलामा समस्या भएका कारण उपचारको क्रममा मेयर नकर्मीको मृत्यु भएको वडाअध्यक्ष अधिकारीको भनाइ छ । मेयर नकर्मीका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ । नगर प्रमुखको निधनसँगै नगरपालिकामा चार जना जनप्रतिनिधि रिक्त भएका छन् ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.