Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ

पोखरा।पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा स्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको हो ।

कास्की प्रहरीका अनुसार छोरेपाटन भन्दा ३ किमि टाढा पोखरा वडा नं. २१ कृस्तीमा दुर्घटनामा परेको उक्त बसमा २२ जना विद्यार्थी सवार थिए ।

विद्यार्थीहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक जानकारी अनुसार विद्यार्थीहरू सामान्य घाइते छन् । सको पछाडिकोकाे भागमा असर परेकाले ठूलो क्षति टरेको छ ।

arrow प्रतिक्रिया दिनुहोस्