गोरखा । सिटिइभिटीको परीक्षामा पाँच पटक सम्म फेल हुनेहरुलाई स्वतः पास गराउनुपर्ने माग राख्दै नेपाल विद्यार्थी सँघ गोरखाले आज जिल्ला सदरमुकाममा प्रदर्शन गरेको छ । पाँच पटक सम्म फेल हुँदा विद्यार्थी दक्ष भइसकेको हुन्छ यसलाई पास गराउनुपर्दछ नेपाली विद्यार्थी सँघ गोरखाका कार्यबाहक अध्यक्ष शिवहरी तिमिल्सिनाले भने ।
आफ्ना सँगठनका नेता श्यामहरी सँग्रौला यस अघि पाँच पटक सम्म फेल भइसकेको हुनाले पास हुनुपर्ने उनीहरुले माग राखेका छन् ।
पालुङटार नगरपालिकामा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षालय प्रमुखले प्रयोगात्मक नम्बरमा जालसाझी गर्दै आएका थिए । विषय शिक्षकले अंक दिने र प्रमुखले गोलमोटल बनाईदिने गर्दै आएको विद्यार्थीहरुले आरोप लगाएका छन् ।
विद्यार्थीहरुले शिक्षालय प्रमुखको निर्देशनमा शिक्षालय तोडफोड गर्नुका साथै शिक्षक माथि समेत दुव्र्यवहार गरेका थिए । दुव्र्यवहार गर्ने विद्यार्थीहरुलाई कारवाही गर्न नपाइने उनीहरुले बताएका छन् ।
विरोध कार्यक्रममा कार्यवाहक जिल्ला अध्यक्ष तिमिल्सिना र केन्द्रिय सदस्य सुवास अधिकारीले सम्बोधन गरेका थिए । कोणसभामा विद्यार्थीहरुले स्वतः पास हुन पाउनै पर्छ भनि नाराबाजी समेत गरेका थिए ।(राजेन्द्र न्यौपाने)
