Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

आगामी निर्वाचन एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटीको बैठक बोलाएको छ । गएको शुक्रबारदेखि आजसम्म चलेको पदाधिकारी बैठकको निर्णय सुनाउँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले साउन २५ गतेका लागि बोलाइएको बताए ।

बैठकले गाँउस्तरदेखि नै पार्टी पुर्नजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । उनले आगामी निर्वाचनमा एक्लै जाने निष्कर्ष निकालिएको सुनाए । ‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्छ, जसले गर्दा हाम्रा विचारहरु, हाम्रा राजनीतिक कार्यदिशाहरु, हाम्रा दृष्टिकोणहरु जनतामा सोझै पुग्न सकियोस्’, प्रवक्ता सापकोटाले भने ।

बैठकले वामपन्थी सहकार्य र एकताको पहलकदमी पनि नछोड्ने पनि निर्णय गरेको छ ।

arrow प्रतिक्रिया दिनुहोस्