Skip to content
Pokharapress Logo
२१ मंसिर २०८२, आईतवार

माओबादी केन्द्रका अध्यक्ष जनतामाझ जाने

loading views..

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समितिको बैठकपछि आफू देशभर जनतामाझ जाने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आफू जनतामाझ जाने बताएका हुन्।

सङ्गठन विस्तार गर्ने, पार्टी नेता तथा तल्ला तहका कार्यकर्ताको भावना बुझ्ने र पार्टीलाई नयाँ आधारमा रूपान्तरण गर्ने लक्ष्यका साथ आफू देशभर विशेष कार्यक्रम लिएर जाने योजनामा रहेको अध्यक्ष दाहालले बताएको प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।

सरकारमा रहँदा जनतासँग पार्टीको सम्बन्ध टुटेको भन्ने नेताहरूको भनाइपछि अध्यक्ष दाहालले नयाँ आधारमा जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आफू र पार्टीका शीर्ष नेता देशभर जानैपर्ने बताए।

आगामी निर्वाचनमा माओवादी केन्द्रले कुनै पनि दलसँग गठनबन्धन नगरी निर्वाचनमा सहभागी हुने बताएको छ।

कम्युनिष्ट र बृहत् वामपन्थी एकताको लक्ष्यलाई नछाड्ने ठहर गर्दै सो पार्टीले जनताको भावना र चाहनाअनुसार पार्टीलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ।

सरकारमा रहँदा सुशासन र सामाजिक न्यायका पक्षमा सञ्चालन गरेको कामलाई जनतामाझ लैजाने र भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा सञ्चालित अभियानलाई निरन्तरता दिन सरकारलाई जनस्तरबाट दबाव दिने निष्कर्षसमेत बैठकले निकालेको प्रवक्ता सापकोटाले बताए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्