Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

म चुक्नेछैन, चुक्ने अबस्था सृजना भए पद त्याग गर्नेछु: शिक्षा मन्त्री विद्या भट्टराई

loading views..
Nepal Telcome

पोखरा।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रीको हैसियतले कामगर्दा चुक्न परे पद नै छाडिदिने उद्घोष गर्नु भएको छ।
आइतबार बिहान गृह जिल्ला कास्कीमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले आफूलाई काम गर्नकै लागि सरकारमा लगिएको भन्दै उनले काम गर्ने क्रममा कतै चुक्नुपर्ने परिस्थिति आयोभने चुक्नुभन्दा पहिले पद त्याग गर्ने बताउनु भएको हो।
मन्त्री भट्टराईले अफूले नीति, नियम र असल नियतले मुलुक र समग्र शिक्षा क्षेत्रको सुधारका लागि काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो। ‘मैले नीति र नियम अनुरुप शिक्षा सुधारका निम्ति असल नियतका साथ काम गर्ने हो ।’ उहाँले भन्नुभयो, ‘कतै चुक्नुपर्ने परिस्थिति आएछ भने चुक्नु पहिले नै पद छाडनेछु । तर, कतै चुक्ने छैन ।’

अघिल्लो शिक्षामन्त्रीले थालेका राम्रा कामलाई आफूले निरन्तरता दिने बताउँदै उहाँले लोकप्रियतावादी विचारले मात्र समाजलाई सही ठाउँमा नपुर्‍याउने तर्फ सचेत गराइन् । ‘मैले अघिल्ला मन्त्री ज्युहरुले गरेका राम्रा कामलाई निरन्तरता दिन्छु । निष्कर्षमा नै पुर्‍याउँछु । तर लोकप्रियतावादी विचारले मात्र समाजलाई सही ठाउँमा पुरर्‍याउँदैन भन्नेमा म प्रष्ट छु’ उहाँले भन्नुभयो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link