देश मुठभेडमा जाने खतरा!

लोकतन्त्रलाई थप सुदृढ गर्न संविधान संशोधन:प्रधानमन्त्री खड्ग प्रसाद ओली

लोकतन्त्रलाई थप सुदृढ गर्न संविधान संशोधन:प्रधानमन्त्री खड्ग प्रसाद ओली

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रलाई थप सुदृढ गर्न संविधान संशोधन गरिने बताएका छन्।
एमाले अध्यक्षसमेत रहेका ओलीले पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस–एमाले गठबन्धनले संविधानलाई थप सुदृढ बनाउने दावी गरे।
पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कतिपयले भ्रम फिजाउने कोशिस गरिरहेको बताए ।
‘लोकतन्त्रलाई सुदृढ गर्न, संविधानको स्वीकार्यता र प्रभावकारी अभिवृद्धि गर्न हामीले संविधान संशोधन भनेका हौँ,’ प्रधानमन्त्रीले ओलीले भने, ‘संविधान फेर्न नपाइने ग्रन्थजस्तो होइन।’
लोकतन्त्रका लागि लडेर आएका कांग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले अग्रमगनका लागि संविधान संशोधन गराउने उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोसिस भएको जनाउँदै मुलुक र जनताको आवश्यकताबमोजिम संविधान संशोधनीय दस्तावेज भएको बताए।
‘लोकतन्त्रलाई सुदृढ बनाउन, संविधानप्रतिको ग्राह्यता र स्वीकार्यता बढाउन, विकास र समृद्धिका थप आधार पहिल्याउन र जनतासँग एकाकार हुन संविधान संशोधन गर्ने हो,’ प्रधानमन्त्री ओलीले भने, ‘संविधान कुनै धार्मिक ग्रन्थजस्तो असंशोधनीय विषय होइन । हामीले कुलै लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौँ । मानवकेन्द्रित मुद्धालाई ध्यानमा राखेर हामी संविधान संशोधनको सोचमा छौँ ।’
प्रधानमन्त्री ओलीले राजनीति स्वच्छ प्रतिस्पर्धाका आधारमा जनतका लागि हुनुुपर्ने र एमालेका नेता कार्यकर्ताले जनताप्रति नरम र जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिए। उनले वैचारिक र सांगठनिक रूपमा मुलुकको नेतृत्व गर्ने हकदार पार्टी पनि एमाले नै भएको स्पष्ट गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.