Skip to content
Pokharapress Logo
२६ फाल्गुन २०८२, मंगलवार

बागलुङमा भिषण वर्षा सँगै आएको बाढी पहिरोमा पुरिएर ८को मृत्यु करिब दर्जन घाइते

loading views..

पोखरा। बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० मा भिषण वर्षा सँगै आयको बाढी पहिरोमा पुरिएर आठ जनाको निधन भएको माओबादीका नेता अनिल गैरेले बताउनुभयो। साथै पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि काठमाडौँबाट झिकाएको नेपाली सेनाको हेलिकप्टर गन्तव्यमा पुग्न नसकी बागलुङ बजारमा अवतरण गरेको छ ।
बडिगाड गाउँपालिका–१० आरुपाटाको पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि आएको हेलिकप्टर पटकपटक प्रयास गर्दा पनि मौसमका कारण बडिगाडमा अवतरण हुन नसकेको बताइएको छ ।
कुहिरो, हाइटेन्सन लाइन र नखुलेको मौसमका कारण हेलिकप्टर बागलुङमै अवतरण गर्नुपरेको श्री नम्बर २३ बाहिनी अड्डा बागलुङका प्रमुख कर्नेल शीतल बानियाँले जानकारी दिनुभयो । पहिरोमा परी १० जना घाइते भएका थिए ।

पहिरोमा परेर बडिगाड गाउँपालिका–१० बस्ने वर्ष २६ को ओमप्रकाश पुन, वर्ष ४६ की सङ्गीता बुढा, वर्ष २३ का सिर्जना विक, वर्ष ४३ को मङ्गलसेन बुढा, वर्ष १९ की रिमा पुन, वर्ष ६० की सुमित्रा विक, वर्ष ७८ को जोगबहादुर बुढा, वर्ष ५१ को शशिराम विक, वर्ष ९ को ज्ञाने बुढा र वर्ष ३१ की सीता थापा घाइते भएको स्थानीयले बताए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्