गोरखामा ५ सय २९ जनामा डेंगु

गोरखामा ५ सय २९ जनामा डेंगु

गोरखा। गण्डकी प्रदेशमा नै उच्च जोखिम रहेको डेंगु पछिल्ला २ महिना यतामात्र गोरखामा ५ सय २९ जनामा डेंगु सङ्क्रमण देखिएको छ । डेंगु सङ्क्रमण बढ्न थालेकाले असार र साउनमा मात्रै गोरखामा ५ सय २९ जनामा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामनाथ शर्माले जानकरी दिए। असार १ देखि साउन अन्तिमसम्म गोरखा नगरपालिाकामा १ सय ६९ जना, पालुङटार नगरपालिकामा १ सय २३ जना, आरुघाट गाउँपालिकामा १ सय ६४ जना, मिमसेन थापा गाउँपालिकामा ४२ जना, शहिदलखन गाउँपालिकामा १३ जना, अजिरकोट गाउँपालिकामा नौ जना, बारपाक सुलिकोट चार जना र गण्डकी गाउँपालिकामा पाँच जनामा डेंगु सङ्क्रमण देखिएको हो ।

गोरखा नगरपालिकामा १ सय १४ जनामा स्क्रब टाईफसको सङ्क्रमण देखिएको छ । जसमा आरुघाट गाउँपालिकामाम ५९ जना, गोरखा नगरपालिकामा ३४ जना, पालुङटार नगरपालिकामा १८ जना र भिमसेन थापा गाउँपालिकामा तीन जनामा स्क्रब टाईफसको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायण बाबु अर्यालले जानकारी दिए ।

डेंगु विशेष गरी भदौ र असोजमा यो रोग देखिने भएता पनि अहिले साउन महिनाको सुरुदेखि नै गोरखामा अत्याधिक मात्रामा देखिन थालेको छ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्राय बिहान र बेलुकाको सययमा टोक्ने गर्दछ । वर्षातको समयमा जता ततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ ।

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरु, पुरान टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.