Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ‘दशैँसँग बडा अफर’

loading views..

काठमाडौं। तपाईं यदि चाडबाडको बिचमा गाडी किन्ने सोचमा हुनुहुन्छ भने सबै भन्दा सस्तो ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘दशैँसँग बडा अफर’ सार्वजनिक गरेको छ । बैंकले नेपालीहरूको महान चाड तीज, दशैं, छठ र तिहारलाई लक्षित गर्दै गाडी कर्जा सार्वजनिक गरेको हो ।

अटोमोबाइल एशोसिएसन अफ नेपालले आयोजना गर्ने ‘नाडा अटो शो’लाई समेत लक्षित गर्दै बैंकले योजना सार्वजनिक गरेको हो । यो योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

नयाँ गाडी खरिद गर्दा बैंकले ७.७७ प्रतिशत ब्याजदर मै ऋण प्रवाह गर्नेछ । नयाँ गाडी खरिद गर्ने ग्राहकले वाणिज्य बैंकमा अधिकतम १ करोड रुपैयाँसम्मको कर्जा पाइने बैंकले जनाएका छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्