मकवानपुर। हेटौँडा-९ मास्टरचोकमा एलपी ग्याँस बुलेटले ग३च ८४४९ नम्बरको कारलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं. ११ का ६३ वर्षीय पुरण श्रेष्ठ, कार चालक जिल्ला स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडा नं १ का ३३ वर्षीय चूडाबहादुर बिष्ट, लमजुङ बेंसीसहर नगरपालिका वडा नं ८ का १७ वर्षीया नेहा राना मगर छन् ।
घाइतेको हेटौंडास्थित सन्चो अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।