Skip to content
Pokharapress Logo
२७ मंसिर २०८२, शनिबार

अनेरास्ववियू (क्रान्तिकारी ) कास्की जिल्लाको २३ औं जिल्ला सम्मेलन सम्पन्न

loading views..

विपिन आचार्य

पोखरा। अनेरास्ववियू (क्रान्तिकारी ) कास्की जिल्लाको २३ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ।सम्मेलनले विधिवत रुपमा बन्दसत्रबाट निर्विवाद अध्यक्ष सुमन सुवेदीलाई चयन गरेको छ। समितिको उपाध्यक्षमा प्रताप शाह,विक्कल थापा क्षेत्री सचिव मनिष तामाङ सहसचिव दिनेश गुरुङ,महेश घर्ति मगर,विदुर तिमल्सिना कोषाध्यक्ष दिपशिखा गिरी लगायत ५१ सदस्यी समिति बनेको छ।

सम्मेलन उद्याटन अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीले गरेका थिए।उद्यघाटनका क्रममा उपाध्यक्ष कार्कीले संगठनलाई शसक्त बनाउँदै,शैक्षिक क्षेत्रका विकृति विरुद्ध शसक्त भएर लाग्न विद्यार्थी नेताहरुलाई अनुरोध गरेका थिए।

त्यसैगरि माओवादी पार्टी कास्की बाट विद्यार्थी संगठन हेर्ने फ्याक्सन ईन्चार्ज विनय थापाले सम्वोधनका क्रममा विद्यार्थी संगठन सडक बाघ बन्न आवश्यक रहेको बताए।

सम्मेलनमा क्रान्तिकारी उपमहासचिव द्वय विजय प्रकास सापकोटा र हरि सिग्देलको उपस्थीति थियो।

सम्मेलनमा अखिल क्रान्तिकारी गण्डकी प्रदेस अध्यक्ष सुदिन पौडेलले शुभकामना मन्तब्य राखेका थिए।क्रान्तिकारी पिएनका अध्यक्ष नविन अधिकारी र महानगर अध्यक्ष मिराज मगर लगनयतले शुभकामना मन्तब्य राखेका थिए।

सम्मेलनमा क्रान्तिकारी कास्कीका निवर्तमान अध्यक्ष सरन सिंह विश्वकर्माले राजनितिक र आर्थिक प्रतिवेदन पेस गरेका थिए।

सम्मेलनमा अधिवक्ता निर्मला क्रान्ति,विपिन आचार्य, सुनिल लामिछाने ,सागर गुरुङ,प्रेम सुनार र राजेस सिग्देल रामजी आचार्य,वाइसियल नेपालका केस रुद्रबहादुर बिश्वकर्मा लगायतको उपस्थिती  रहेको थियो।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्