Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

चण्डिका आमा समुहको साधारण सभा तथा तिज विषेश कार्यक्रम सम्पन्न

loading views..

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९, दरबारथोकमा रहेको चण्डिका आमा समुहको १२ औं साधारण सभा, तिज विशेष कार्यक्रम र एसएलसी सम्मान कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री कोपिला रानाभाटले कार्यक्रमको उद्घाटन गर्दै हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको कार्यक्रमसंगै संस्थाले नगरि नहुने साधारण सभा पनि गरेर समय र आर्थिक दुवैको वचत भएको वताउँदै समय अनुसार चाड पर्व मनाउन हुने तर अनावश्यक तडकभडक गर्न नहुने वताइन् । आमा समुहको सुरुवात कास्कीको गुरुङ समुदायबाट भएको वताउँदै अहिले देशभर विकास निर्माणका काममा आमा समुहको अत्यन्तै महत्वपूणर् भुमिका खेलिरहेको पनि वताइन् ।

पोखरा महानगरपालिका वडा नं. ९ का वडाअध्यक्ष दिपेन्द्र मर्सानीले आफ्नो वडाका महिला दिदीबहिनीहरुलाई कौसी खेती प्रोहत्सानमा आफु लागेको वताउँदै आफ्नै वडा भित्र वन्न लागेका कोसेली घरमा हाम्रै वडाका दिदीबहिनीहरुले उत्पादन गरेका कृषि उत्पादन तथा घरेलु उत्पादन विक्री गर्न सजिलो हुने वताए ।

वडा सदस्यहरु भावना श्रेष्ठ, गीता नेपाली, महिला संजाल पोखरा ९ की अध्यक्ष कमला केसी, वाल प्रभात वोर्डिङ स्कुलकी संचालक शोभा मिश्र अधिकारीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै आमा समुहले धेरै अनुकरणिय कार्यहरु गरेका वताएका थिए ।

सो अवसरमा हर्ष गौतम, अनुज पौडेल, विदुसी पौडेल, संस्कार गुप्ता, विनिसा रानाभाट (तपस्या), एल्सन खवास र उर्मि खवासलाई सम्मान गरिएको थियो ।

समुहकी अध्यक्ष सीता नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विना श्रेष्ठले र संचालन कोषाध्यक्ष शान्ति भूजेलले गरेकी थिइन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्