Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

समाजसेवी स्ब. यम नारायण ढकालको प्रथम स्मृति दिवसमा एकाउन्न हजारको अक्षयकोष

loading views..

स्याङ्जा। समाजसेवी स्ब. यम नारायण ढकालको प्रथम स्मृति दिवसमा विद्यालमा ५१ हजार रुपियाँको अक्षयकोष स्थापना गरिएको छ ।
आफ्नै जन्मथलो आँधीखोला गाउँपालिका वाड न– ६ टिकाजामा रहेको शारदा मन्दिर माविमा परिवारले अक्षयकोष स्थापना गरेका हुन् ।
परिवारले स्ब. ढकाल दुई कार्यकाय अध्यक्ष भइ योगदान गरेको माविमा अक्षयकोष स्थापना गरेको हो ।
अक्षयकोषको ब्याजबाट आउने रकमबाट जेहेन्दार तथा गरिब विद्यार्थीलाई प्रदान गरिने छ भने परिवार कोषमा थप रकम समेत थप्ने बताएको छ ।
उहाँको स्मृतिमा स्ब. यमनारायण ढकाल स्मृति पार्क स्थापना गरि शालिक सहित इतिहास र योगदान सहितको शिलालेख र यात्रु प्रतीक्षालय निर्माण गर्ने धर्म पत्नी प्रेमकुमारी ढकालले बताउनुभयो ।
नेपाल सरकारबाट २०७९ सालमा प्रबल जनसेबा श्री पदकबाट बिभुषित हुनु भएका स्व ढकाल विकास प्रेमी तथा शिक्षाप्रेमी रहनु भएको थियो । उहाँको ६१ बर्षको उमेरमा गत बर्षको भदौमा निधन भएको थियो ।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्