गोरखा । गोरखा सदरमुकाममा गण्डकी प्रदेश स्तरीय आङ्गिक क्याम्पस छात्रा भलिवल प्रतियोगिता हुने भएको छ । गोरखा क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियन खेलकुद उपसमितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
स्ववियुले आज क्याम्पसमा पत्रकार सम्मेलन गर्दै गोरखा क्याम्पस शिक्षामा मात्र नभएर खेल क्षेत्रको विकास तथा जिल्लामा खेलकुद पर्यटक भित्राउने उद्वेश्य सहित आगामी असोज ६ र ७ गते २ दिने प्रतियोगिताको तयारी गरेको सह सचिव एवं खेलकुद उपसमितिका संयोजक रचन परियारले जानकारी दिए
उनका अनुसार प्रतियोगितामा गण्डकी प्रदेश भित्र रहेका ७ वटा क्याम्पसका छात्राहरुले सहभागिता जनाउने छन् प्रतियोगितामा गोरखा क्याम्पस गोरखा, लमजुङ्ग क्याम्पस सुन्दरबजार लमजुङ्ग, पश्चिमाञ्चल क्याम्पस पोखरा, नर्सिङ्ग क्याम्पस पोखरा, पोखरा क्याम्पस (वन) पोखरा, पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरा र धौलागिरी बहुमुखी क्याम्पस बागलुङको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
प्रथम गण्डकी प्रदेश स्तरीय त्रिवीका आङ्गिक क्याम्पस बिच हुन लागेको प्रतियोगितामा बिजेता र उप विजेताले क्रमश ५५ हजार ५५५ र ३३ हजार ३३३ रुपैयाँ नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र पाउने छन् ।
खेलमा सर्वोउत्कृठ खेलाडीलाई ३ हजार नगद तथा ब्लकर, स्पाइकर, डिफेन्डर, सर्भर र सेटरलाई जनही १ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिने पनि संयोजक परियारले जानकारी दिए ।
खेल गोरखा नगरपालिका–७ को हिलेपोखरीमा रहेको गोरखा क्याम्पसको खेल मैदानमा हुने र खेलमा ६ लाख ५० हजार खर्च हुने पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.