Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

दशै तिहार मनाएर यो सरकार ढल्छ:सुदन किराँती

loading views..

भोजपुर, २१ भदौ । नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले दसैँ-तिहार मनाएपछि वर्तमान सरकार आफैँ ढल्ने दावी गरेका छन्। भ्रष्टाचारीलाई जोगाउने उद्देश्यले बनेको वर्तमान सरकार प्रथम दिनबाटै चरम विवादमा पर्दै आएको उनको भनाइ छ।

अखिल क्रान्तिकारी भोजपुरको १४ औँ जिल्ला सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै किरातीले केपी ओली सरकार साझा नीति कार्यक्रम ल्याउन नसकेर कुहिरोको काग जस्तै बनेको बताए । अव यो सरकार दसैँ–तिहार मनाउँछ अनि आफै ढल्छ कसैले ढाल्नु पर्दैन किरातीको दावी छ ।

माओवादी केन्द्रको अबको बाटो एकताबद्ध, रूपान्तरण, संविधानको कार्यान्वयन र भ्रष्टाचार विरोधी सशक्त आन्दोलन तर्फ केन्द्रित हुने उनको भनाइ थियो ।

 


प्रतिक्रिया
loading views..

arrow प्रतिक्रिया दिनुहोस्