रामजी आचार्य
पोखरा। नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा त्रिदिप गुरुङ फराकिलो मतान्तर सहित निर्वाचित हुनु भएको छ।
नेकपा (माओवादी) निकट विद्यार्थी भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी दोश्रो प्रदेश सम्मेलन भदौ (२३/२४) पाेखरा-१ बगर पृथ्वीनारायण क्याम्पसमा रहेकाे प्रज्ञा प्रतिष्ठानकाे सभाहलमा भएको कार्यक्रम पहिलो दिन उद्घाटन र दोश्रो दिन बन्दसत्र भएको थियो।बन्दसत्रबाट सहमतिमा नयाँ नेतृत्वको लागि यथ्यष्ट पहल भएपनि बिद्यार्थीहरु बिच सहमति जुट्न नसकेपछि गण्डकीको अनेरास्ववियु(क्रान्तिकारी)को नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रियामा गएको कुरा गण्डकी प्रदेशका अनेरास्ववियु(क्रान्तिकारी)का संस्थापक अध्यक्ष सुदिन पाैडेलले जानकारी दिनुभयो।
हिजो राति अबेर सम्पन्न सम्पन्न निर्वाचनमा विद्यार्थीहरु दुई प्यानल बनाएर निर्वाचनमा सहभागी भएका थिए। बिद्यार्थीहरु त्रिदिप गुरुङ र आरके भट्टको प्यानल सहित निर्वाचन प्रक्रियामा सहभागी भएका थिए।२०७ जना विद्यार्थी प्रतिनिधिले मतदानमा सहभागिता भएको कुरा एक नेताले बताउनु भयो। विधि पूर्वक र बैधानिक ढंगबाट सम्पन्न भएको निर्वाचनमा त्रिदिपको प्यानल नै भारी मतान्तर सहित निर्वाचित भएको छ।त्रिदिपको प्यानलमा अध्यक्ष त्रिदिप गुरुङले आरके भट्टलाई पराजित गर्दै निर्वाचित हुनु भएको छ।
यसै गरेर उपाध्यक्षहरुमा भारी मतान्तरका साथ बसन्त भट्टचन,सरोज बल्लभ भट्टराई र अशोक मरहठ्ठा निर्वाचित हुनुभएको छ भने प्रमुख सचिवमा सुजन बाँस्तोला र सचिवहरुमा प्रदिप ढकाल,विसद उपाध्याय र सन्दिप महतो निर्वाचित हुनु भएको कुरा निर्वाचन मण्डलका सदस्य विपिन आचार्यले बताउनु भयो
आगामी महिनाको पहिलो साता काठमाडौंमा हुन गइरहेको २४ औं राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै गण्डकीमा क्रमश: पालिका, जिल्ला पश्चात् प्रदेश सम्मेलन गरिएको हो।
अनेरास्ववियू (क्रान्तिकारी) गण्डकी प्रदेशको दोस्रो सम्मेलनबाट निर्वाचित पदाधिकारीहरु तपसिल रहेका छन्
अध्यक्ष त्रिदिप गुरूङ
उपाध्यक्षहरु
बसन्त भट्टचन – खुल्ला
सरोज वल्लभ भट्टराई – खुल्ला
अशोक मरहट्टा – खुल्ला
कुल बहादुर बुढा – समावेशी ( निर्विरोध)
सीता बराल – महिला (निर्विरोध)
प्रमुख सचिव : सुजन बाँस्तोला
सचिव
प्रदिप ढकाल – खुल्ला
विशद उपाध्याय – खुल्ला
सन्दिप महतो – खुल्ला
जुना गुरुङ – महिला (निर्विरोध)
दुर्गा वि.क. – समावेसी ( निर्विरोध)
कोषाध्यक्ष : अनिल सुनार ( निर्विरोध)
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.