कञ्चनपुरमा स्यालले टोक्दा ५ जना घाइते

कञ्चनपुरमा स्यालले टोक्दा ५ जना घाइते

कञ्चनपुर ,२६ भदौ। कञ्चनपुरमा स्यालले टोक्दा ५ जना घाइते भएका छन्। बहुला स्यालले टोक्दा शुक्लाफाँटा नगरपालिका–२ रानिपुरका  ५ जना घाइते भएका हुन्।

शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको स्यालले स्थानीय २५ वर्षीय अजय चौधरी, ३१ वर्षीय रमेश चौधरी, ६३ वर्षीया गंगादेवी सिंह, ६३ वर्षीया वेलुदेवी पनेरु र उनकी १ वर्षीया नातिनी प्रयज्ञा पनेरुलाई टोकेको अस्थाई प्रहरी पोष्ट वन्साहाका प्रहरी नायव निरीक्षक गणेश बोहराले जनाएका छन। घाइतेहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। उक्त स्यालले ३ बाख्रा, २ गाई र ५ कुकुरलाई समेत टोकेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.