आँबुखैरेनी,२६भदौ। तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको छ ।
तनहुँ प्रहरीका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस अनियन्त्रि भएर तल खहरे खोलाको खोल्सामा खसेको हो । पूर्वबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो । सो बसमा यात्रा गरिरहेका ११ जना घाइते भएको प्रहरीले जनाएको छ । बसमा १५ जना रहेको बताइएको छ ।