पोखरा। १९९१ मा सोभियत संघको झण्डा अन्तिम पटक फहराइयोे । राष्ट्रपति मिखाइल गोर्भाचेवले राजीनामा दिँदै भने हामी गृहयुद्धमा उन्मुख थियौं । ठूलो विनासको खतरा थियो । म सत्तामा बस्नुको कुनै अर्थ छैन । राजीनामा दिनु मेरो जित हो । उनले जति नै जित र प्रतिष्ठानको कुरा गरे पनि उनी रसियन सत्तामा कहिल्यै फर्किएनन् । एक हिसावले यो सोभियत बैभवका विरुद्धको खुल्ला आत्मसमपर्ण थियो । जसले सोभियत भूमिमा कम्युनिष्ट पार्टीको झण्डा फेरी कहिल्यै उठन दिएन ।
भनिन्छ, सत्ता अन्धो हुन्छ तर हाम्रोमा सत्ता रतन्धो हुन्छ । जो सत्तामा बस्दा र प्रतिपक्षमा बस्दा देखाइका आयामहरु फरक फरक नाप्छ र काँप्छ । हाम्रोमा बाहरु एक्कासी बा मा घ थप्छन र सिकारी बन्छन । बाघको बुद्धि भन्दा बल हुन्छ । यसकारण भोलि आफैसँग कुस्ती खेल्नेहरुका तिघ्रामा मासु थपेको तिनलाई पत्तै हुँदैन । अहिले उपसभामुखका विरुद्ध बाले गर्न खोजेको अभ्यास यही विवेक हिनताको परकाष्टा र संख्याको बल मिच्चाइले लोकतन्त्र माथि गर्न थालिएको गम्भिर हमला हो ।
उपसभामुखका बारेमा हिजो नबोलेका बा आज कसरी व्यँुझिए ? यसको पछाडि कारण एउटै छ । राजनीतिमा आफूमाथि उठेका प्रश्नलाई विषायन्तर गर्नु र सकेसम्म कार्यकता भिडाएर आफ्नो किल्लाका कार्यकत्र्तालाई सुरक्षित गर्नु । तर समय हिजोको जस्तो वा बाले आँकालन गरे जस्तो छैन। एउटा सानो विद्रोहको झिल्को सडकमा उठ्यो भने त्यसले धेरै कुराको छिनोफानो गर्न सक्ने असन्तुष्टिको भँुग्रो जमिनमा छ र जुन भँुग्रोले मिखाइल गोर्भाचोवको जस्तै भगाइमा बहादुरिता देख्न सक्छ ।
दुनियाँलाई थाहा छ, बा प्रधानमन्त्री बनाउन काँग्रेस त्यसै धाएको होइन । बेचन झालाई नेपालको सिमामा ल्याएर बुझाउन खोज्दा नबुझ्न प्रहरी, सेना र सशस्त्र प्रहरी प्रमुख लाई सबै भन्दा धेरै बा र भाउजुको संयुक्त दवाव थियो । तीन दिन अगाडि नेपालको सिमामा ल्याइ पु¥याएको बेचन झा तीन दिन सम्म कहाँ लुकाइए ?लाजै लाग्ने परिस्थिती वनेपछि तात्कालीन सिआइवी प्रमुख तथा एआइजी श्याम ज्ञवाली मार्फत बेचन झा वल्ल प्रहरी हिरासतमा आए । त्यतिबेला सम्म सरकार बदल्ने सहमति वनि सकेको थियो । संसदको सबैभन्दा ठूलो दल काँग्रेस एमालेलाई दुई वर्ष दिएर आफू एक वर्ष त्यो पनि उधारो प्रम हुन किन मन्जुर भयो ? थाह छ, भाउजु जोगाउनु बाहेक काँग्रेससँग अर्को कुनै ध्येय थिएन । जसमा अहिलेका प्रमको सचिवालय जोडिएकोे बजार हल्लाका बारेमा बा को चिन्ता मनासिव नै थियो भन्ने तर्कको जवाफ बा ले दिन पर्देन ? यदी त्यसो हो भने उपसभामुखले त भिषाका लागि मिति भनेकी हुन । तपाइको सचिवालय र भाउजुले त नेपाली नगरिकलाई भुटानी बनाएर अमेरीकी नागरिकता माग्नु भएको हो । तपाईको सचिवालय र भाउजु माथि कारर्वाही हुनु नपर्ने कारण के छ ? बाले यसका वारेमा वोल्न पर्दैन ?
श्याम ज्ञवालीलाई समानान्तर हेडक्वाटर चलाएको भनेर किन अनुसन्धानमा राखियो । कुरा प्रष्ट छ , बेचन झालाई बुझेपछि उनले सादा पोसाकका प्रहरी बुढानिलकण्ठ पठाएका थिए । त्यो दिन भाउजु ललितपुरको भैसेपाटी हुनुहुन्थ्यो । बुढानिलकण्ठमा प्रहरी पुगेको थाहा पाए पछि उहाँ सिधै बालकोट पुगेर तीन घण्टा बस्नु भयो । भाउजु र तपाई मिलेर प्रचण्ड माथि कुको सहमति गर्नुभयो । भाउजुसँग गरिएको सहमति एकाएक प्रहरी भित्र फैलियो र बुढानिलकण्ठमा पुगेको प्रहरी राजनीतिक सहमतिको धरापमा परेर फर्कियो । आज उपसभामुख बारेमा तपाईले प्रश्न उठाइ रहँदा तपाइकै मन्त्री मण्डलमा रहेकी भाउुज माथि महाअभियोग लगाउन पर्छ की पर्दैन ? बा यसको जवाफ के हो ?
बिहान सबेरै बाले बालुवाटारको बाल्कोनिमा पुगेर प्रचण्डसँग स्वर्ग नर्क सँगै जाने प्रेमिल कुरा गर्नु भयो । बेलुका ललितपुरका एक विवादस्पद मिडिया मालिकको घरमा बालुवाटार तिर फर्केर बाले काँग्रेस सँग सत्ता साझेदारीको हस्ताक्षर गर्नु भयो । तपाईले पश्चिम बंगाल बनिन्छ की भनेर प्रचण्डलाई भनिरहँदा कतै तपाई आफै गिरीबन्धु, यतिओम्नीमा जेल परिन्छ की भन्ने भयले काँपीरहनु भएको त थिएन ? प्रधानमन्त्री बनेको दिनदेखि तपाइले आफ्नो भारदारहरुलाई संसदमा र लेखा समितिमा चण्डी नाच्न किन अह्राउनु भयो ? नेकपा बनाउँदा र संविधान बनाउँदा महान शशस्त्र संघर्ष देखेको मान्छेले किन संविधान अधिनस्थ संसदमा हिंसा भनेर निहुँ खोज्न निर्देशन दिनु भयो ? यसको उद्देश्य एउटै हो । जितका लागि पहिला हमलाको सिद्धान्त । तर यो पहिलो विश्वयुद्धको सिद्धान्त हो । आज कयौँ पटक यो असफल प्रमाणित छ । बा यी र यस्ता हर्कतले तपाई ,देश र हामी कहाँ पुग्छौ ? के कोही देशको प्रधानमन्त्री यस्तो हुन्छ ? हुँदैन । हजुरले जमिन नटेक्दा नेपालका कम्युनिष्टले खेप्ने शास्ती कहिल्यै परिकल्पना गर्नु भएको छ ? बा यसको जवाफ दिनु पर्दैन ।
रुमानियका राष्ट्रपति निकोलाई चाउचेस्कु आफूलाई अब्बल क्रान्तिकारी ठान्थे । उनले सन १९६८ मा सोभियतसंघले चेकोस्लाभाकिया माथि गरेको अतिक्रमणको खरो आलोचना गरे । उनलाई पश्चिम युरोपमा हिरो बनाइयो । तात्कालिन अमेरीकी राष्ट्रपति रिचर्ड निक्सनले उनका बारेमा भने ,चाउचेस्कु कम्युनिष्ट हुन सक्छ तर उ हाम्रो कम्युनिष्ट हो । तर उनै अमेरिकी हिरो पूर्वी युरोपमा भएको प्रतिक्रान्ति सँगै रुमानियाको राजधानीमा गोली हानेर मारिए । जतिसुकै साम्राज्यवादको पियारो भएपनि साम्राज्यवादीहरुले कम्युनष्टिलाई बाँच्न दिदैनन । यही नै कम्युनिष्टहरुको नियती हो । बा आज कम्युनिष्टका थुप्रै पार्टीहरु होलान तर तिनिहरुसंग जनमत छ ।यो जनमत पछिल्लो विश्वलाई समाजवादको नविनतम अभ्यास दिने आधार पनि हो ।यसलाई यदुवंशी वितण्डामा तानेर अन्तरध्वंसको अवसर दिनु भनेको निख्खर साम्रज्यवादको प्रतिनिधि वन्नु हो । के तपाई गोर्भाचेव हो ? कि रोमानियाको चाउचेस्कु ? तपाइलाई साम्राज्यवादले कम्युनिष्टलाई काखमा राखेर घाँटी अठ्याउने सिद्धान्तका वारेमा किन ख्याल नभएको ? होइन भने साना दलको प्रतिनिधि उपसभामुख विरुद्ध काग्रेस पोस्ने अभियान कसरी अग्रगमन हुन्छ ? लुटेराको गुँडमा वसेर कसरी सुशासनको खोजी हुन्छ? बा यस्को जवाफ दिन पर्दैन?
युग बदल्न कम्युनिष्ट भएकाहरु वर्ग मित्र र वर्ग शत्रु जान्दछन । अपराध नसहने वा नगर्नेहरु रातो झण्डा जमिनमा होस की आकाशमा त्यो फर्फराउँदा उज्याला हुन्छन । तपाई यो झण्डालाई भाउजुको दैलोमा झुकाएर कति दिन हाँस्नुहुन्छ । कति दिन झुटको हल्ला गरेर देशलाई समृद्धी र सुशासनको बाटोवाट विचलित वनाइरहनुहुन्छ ? तपाइको पुस्ता पछि कम्युनिष्ट आन्दोलन रहनु पर्दैन? गंभिर भएर सोच्नुहोला । संकटमा सही निर्णय गर्ने पात्र नै असलमा नेता हो ।
(लेखक शैलेन्द्र घिमिरे नेकपा माओवादी केन्द्रका स्याङजा जिल्ला ईन्चार्ज हुन )
रातोपाटीबाट साभार