काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको लडाई कुर्सीका लागि नभएको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले काठमाडौंमा आयोजना गरेको सभालाई संबोधन गर्दै अध्क्ष प्रचण्डले विपक्षी केहीले यो लडाई कुर्सीका लागि भएको भन्दै हल्ला फैलाएको भन्ने हल्ला फैलाइरहेका बेला भ्रममा नपर्न आग्रह गरे । उनले यो लडाई ओली प्रवृत्तिविरुद्धको भएको भन्दै ओलीको राज गर्न खोजेको बताए ।
ओलीको मनोमानीले प्रतिनिधिसभा विघटन गरेको र यसले नेपाली जनताको अधिकार खोसिन लागेको, राष्ट्र गम्भिर समस्यामा पर्न लागेकाले संर्घष थालेको बताए । उनले जनताको समस्या, सहीदको सपनामाथि ओलीले कुठाराघात गरेको भन्दै त्यसकाविरुद्ध आफूहरुले संघर्ष थालेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओली अझै पनि सुध्रिए अब छिट्टै सिंहदरवार बालुवाटर घेर्ने आमसभाको आयोजना गर्ने चेतावनी दिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले काठमाडौंमा आयोजना गरेको सभालाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले ओली प्रवृत्तिका विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्दै आएको भएपनि केही दिनअघि नारायणहिटी दरवार अगाडिबाट आफ्नो सभा यस्तो भएको भन्दै दम्ब देखाउने काम गरेको भन्दै प्रचण्डले यस्तो चुनौती दिएका हुन् ।
उनले ओलीले चलाएको प्रतिनिधि सभा विघटनको मुद्दा तत्काल नसच्याए ओलीलाई घेर्न उत्रिने बताए । उनले आज आयोजना गरेको सभामा करिव ५ लाख मानिस सडकमा उतारेको भन्दै यही मानिसलाई लिएर बालुवाटार घेर्ने चेतावनी दिए ।
अध्यक्ष प्रचण्डले निर्वाचन आयोगलाई समेत जनताको मत बुझ्न आग्रह गरे । यो विरोधसभाले अदालतलाई समेत गणतन्त्रको पक्षमा फैसला गर्न नरोक्ने बताउदै उनले जनताको मतको पक्षमा फैसला नभए आँधी हुरी आउने चेतावनी दिए ।
प्रचण्डले भने, ‘तपाईको आलोतान्त्रिक र अपराधिक गतिविधि जनताले बुझिसकेका छन् । सर्बोच्च अदालतमा न्यायाधीशहरुले पनि बुझ्नुभयो होला जनता के चाहान्छन् भन्ने । अब ढिलो नगरी लोकतन्त्रको पक्षमा फैसला दिनुहुनेछ भन्ने विश्वास छ ।’
समाचार दैनिकबाट
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.