#कांग्रेस

आफ्ना सांसदहरुलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न कांग्रेसको उर्दी

आफ्ना सांसदहरुलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न कांग्रेसको उर्दी

काठमाडौं । नेपाली कांग्रेसले आगामी असोज ३ गतेसम्म काठमाडौं नछाड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई असोज ३ गतेसम्म काठमाडौँ नछोड्न पार्टीको निर्देशन पठाएका हुन् । केही महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर पार्टीले यस्तो निर्देशन जारी गरेको बताइएको छ । तर, सत्तारुढ दलहरुले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेकाले सो निर्देशन गरिएको बुझिएको छ । उपसभामुख रानालाई हटाउने विषयमा अहिले सत्तारुढ दल कांग्रेस–एमालेमा व्यापक छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.