Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

सामन्तबाद परास्त भयाे अब दलाल पुँजिबाद परास्त गर्नुपर्छ: खाेपबहादुर कँडेल

धन बहादुर तामाङ/ गोरखा, ३० भदौ। नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र )का केन्द्रीय सदस्य खाेपबहादुर कँडेलले सामन्तबाद परास्त गरे पनि दलाल पुँजिबादी ब्यावस्था परास्त गर्न नसकेकाे बताउनु भएकाे छ । उहाँले हाम्राे महान जनयुद्धकाे बलमा सामन्तबाद त परास्त भयाे तर दलाल पुँजिबाद फाल्नु पर्ने अबकाे आबस्यकता भएकाे बताउनु भएकाे हाे। ने क पा माओबादी केन्द्रकाे सिरानचाेक गाउँपालिकाकाे बैठकलाई सम्बाेधन गर्दै नेता कँडेलले यस्ताे बताउनु भएकाे हाे ।
उहाँले थप्नु भयो जनयुद्धकाे बलमा राजतन्त्र फाल्याैँ, सामन्तबादलाई फाल्याैँ तर अब दलाल पुँजिबादलाई फाल्नु पर्ने छ उहाँले भन्नु भयाे । १० बर्षे महान जनयुद्धको उपलब्धि सम्बिधान सभा मार्फत सम्बिधान जारी गर्नु पनि थियाे त्याे पूर्ण नभए पनि आम्सिक पूरा भएकाे नेता कँडेलले बताउनु भयाे । सनिबार सिरानचाेक गाउँपालिकाकाे वडा न ४ मा भएकाे बैठकमा बाेल्दै यस्ताे बताउनु भएकाे हाे । गाउँपालिकाका निर्वाचित वडा अध्यक्षहरुलाई लक्षित गर्दै नेता कँडेलले काङ्ग्रेस र माओबादीले गरेकाे बिकासमा फरक देखिनु पर्ने पनि बताउनु भयाे । काङ्ग्रेसको बिकास घुसखाेरी र जनताकाे पहुच भन्दा टाढा हुन्छ भने हाम्रो बिकास जनतासँग  छाेइने खाले हुनु पर्ने पनि बताउनु भयाे ।
सनिबार बसेकाे सिरानचाेक गाउँ कमिटिकाे बैठकले प्रदेस कमिटि तथा सिरानचाेक ईन्चाज नबराज पुडासैनीकाे संयोजकत्वमा पाँच सदस्यय छानबिन तथा पदपूर्ति कार्यदल गठन समेत गरेकाे छ । बैठकले आगामि १० गते भित्रमा पार्टीको सदस्यता नबिकरण तथा लेबि ब्यवस्थित गरि सक्ने छ । कार्यदलले नया सर्कुलर जारी गर्ने तथा आउदै गरेकाे बिजयदशमिकाे अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमकाे तय गर्ने आर्थिक सङ्कलन गर्ने आदि काम गर्ने पनि कार्यदलका संमयोजक पुडासैनिले जानकारी दिनु भयाे ।

arrow प्रतिक्रिया दिनुहोस्