बाबुराम भट्टराईको प्रश्न– यो सरकारको काल आएकै हो ?

बाबुराम भट्टराईको प्रश्न– यो सरकारको काल आएकै हो ?

  • शुक्रबार, माघ ३० २०७७

काठमाडौं।समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानको पालना र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने भन्दै प्रश्न गरेका छन् । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि बिहीबार ट्विट गर्दै भट्टराईले भनेका छन्, ‘यो सरकारको काल आएकै हो ?’

नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्ति स्वतन्त्रता दिएको उनले स्मरण गराएका छन् ।

उनले ट्विट गर्दै भनेका छन्, ‘ओली सरकारले राष्ट्रपतिबारे विचार अभिव्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ ! नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिन्छ ! संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? यो सरकारको काल आएकै हो ?’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.