Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

हुम्लामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, दसैँको उमंगमा छायाँ

loading views..
Nepal Telcome

हुम्ला, २० असोज। ताँजकोट गाउँपालिका-४ को तीर्थसैनामा शनिबार भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। दसैँ मनाउन घर फर्किरहेका नेपालगञ्ज उपमहानगरपालिका-२० का ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका-६ का करिब ६ वर्षीय बालक अभिषेक बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो।
हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको लु १ ज २३४३ नम्बरको जीप रोकिराखेको अवस्थामा पछाडितर्फ गुडेर करिब ३०० मिटर तल खसेको थियो।
दसैँको उमंगमा परेको हुम्लामा यस दुर्घटनाले शोक छाएको छ। मृतक परियार दसैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर फर्किरहेका थिए भने बालक बुढा पनि आफ्ना मामाघर जाँदै थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link