Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

दशैमा काठमाडौं उपत्यका छाड्नेको संख्यामा कमी

loading views..

काठमाडौं,२३ असोज। दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेको संख्या यस वर्ष अघिल्ला वर्षको तुलनामा कम देखिएको छ। प्रहरीको तथ्यांक अनुसार, असोज १७ गतेदेखि २३ गतेसम्म ५ लाख ६ हजार ५ सय २५ जनाले उपत्यका छाडेका छन्। यद्यपि, यो संख्या अघिल्ला वर्षहरूमा दशैंमा हुने १५ देखि १८ लाखको तुलनामा निकै कम हो।
प्रतिकूल मौसमका कारण यात्रामा अवरोध आएकोले यस वर्षको दशैंमा ८ देखि ९ लाख मानिस मात्र उपत्यका बाहिरिने प्रहरीको अनुमान छ। असोज १७ गते परेको मुसलधारे वर्षाका कारण सडक अवरुद्ध भई यात्रामा कठिनाइ भएकोले यस्तो अवस्था आएको विज्ञहरूको भनाइ छ।
यसैबीच, उपत्यका भित्रिनेको संख्या भने २ लाख ९० हजार ४ सय ३८ जना रहेको छ। यस अवधिमा ७६ हजार ४ सय ३९ वटा गाडी बाहिरिएका छन् भने ५८ हजार ११ वटा गाडी भित्रिएका छन्।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्