पूर्ब प्रधानमन्त्री झलनाथ खनाल दिल्लीमा।

पूर्ब प्रधानमन्त्री झलनाथ खनाल दिल्लीमा।

  • शनिबार, फाल्गुन १ २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका छन् । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता समेर रहेका खनाल नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि शुक्रबार विहान भारत गएका थिए । खनालमा उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको बताइएको छ । खनाललाई  एपोलो अस्पतालमा राखिएको भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले सामाजिक संजालमार्फत जानकारी दिए । आचार्यले खनाल भर्ना भएको अस्पतालमा पुगेर भेट गरेका थिए । राजदूत आचार्यले शीघ्र पूर्ण स्वास्थ्यलाभको शुभकामना पनि गरेका छन् । खनाल श्रीमतीसहित हिजै दिल्ली गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.