Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

भीमसेनथापा गाउँपालिकामा डिजिटल घर नम्बर प्लेटको सुरुवात

loading views..

गोरखा,६ कार्तिक। भीमसेनथापा गाउँपालिकाले आफ्ना नागरिकहरूको सुविधा र सुरक्षाका लागि डिजिटल घर नम्बर प्लेट जडान गर्ने अभियान सुरु गरेको छ। यस अभियानको मुख्य उद्देश्य गाउँपालिका भित्रका घरधुरी र परिवारको अभिलेखलाई व्यवस्थित बनाउनु हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीका अनुसार, गत आर्थिक वर्षदेखि वडा नम्बर ६ अश्राङबाट यो अभियानको सुरुवात गरिएको थियो। हालसम्म ४१० घरधुरीमा डिजिटल नम्बर प्लेट जडान भइसकेको छ। यी प्लेटहरूमा घरमुलीको नाम, गुगल प्लसको कोड नम्बरजस्ता विवरणहरू उल्लेख गरिएका छन्।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्