कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

पोखरा,१२ कार्तिक। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशका अधिकांश पहाडी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना बढी छ। तराईका अधिकांश भू-भागमा भने आकाश खुलेको र मौसम सफा रहने अनुमान गरिएको छ।
मौसमविद्हरूका अनुसार पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभावका कारण पहाडी क्षेत्रमा बादल लाग्ने र वर्षा हुने सम्भावना बढेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.