Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

राजनीतिक स्थिरता कायम गर्न निर्वाचन आवश्यक : उपप्रधानमन्त्री पोखरेल

loading views..

ओखलढुङ्गा : उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी निर्वाचनले मुलुकमा राजनीतिक अस्थिरता समाप्त गर्ने बताएका छन्। चिशंखुगढी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह चिशंखुगढी गाउँपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन्।

उपप्रधानमन्त्री पोखरेलले जनताको फैसला शिरोधार्य गर्न निर्वाचनमा जान लागिएको बताए। लामो अस्थिरताबाट आक्रान्त मुलुकलाई अघि बढाउने उद्देश्यसहित संविधानको रक्षा गर्दै अराजकताको अन्य गर्न र स्थिरता ल्याउन निर्वाचन अपरिहार्य भएको उनको दावी छ। पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्रीलाई बीचमा धक्का दिएर निकाल्ने दुष्प्रयास भएको उनले आरोप लगाए। यस्तै, महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई महाधिवेशन नगरी हटाउन खोजिएको बताउँदै उपप्रधामन्त्री पोखरेलले यो कुरा आमजनता र कार्यकर्ताले नरुचाएको धारणा राखे।

आर्थिक विकास र समृद्धिको अभियानलाई निरन्तरता दिँदै संविधानको रक्षा तथा समृद्ध नेपाल सुखी नेपालीलाई साकार बनाउने उद्देश्यमा सरकार लागिपरेको उनको भनाइ छ। कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री मणि थापा, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश १ का भौतिक योजना तथा विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङलगायतले सम्बोधन गरेका थिए। उनीहरुले मध्यवधि निर्वाचनको विकल्प नभएको बताउँदै सरकार निर्वाचनमा होमिएकाले नेता, कार्यकर्ता तथा जनतालाई निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका थिए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्