Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

एनआरएनएको एकताका लागि आह्वान, विवाद समाधानतर्फ

loading views..

काठमाडौं, १९ कार्तिक। गैरआवासीय नेपाली संघ (एनआरएनए) को भर्चुअल साधारण सभामा संस्थाभित्रको विवाद समाधान गरी एकता कायम गर्न जोड दिइएको छ। सभालाई सम्बोधन गर्दै पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले एनआरएनएलाई नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भन्दै विदेशमा रहेका नेपालीहरूलाई एकताबद्ध हुन आह्वान गरे।

nrn

महतले भने, “एनआरएनएका सदस्यहरूले पार्टीभन्दा माथि उठेर देश र जनताको सेवाका लागि योगदान दिनुपर्छ। विदेशमा रहेका नेपालीहरूको अभियानलाई बलियो बनाउँदै नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाउन एनआरएनएको भूमिका महत्वपूर्ण हुनेछ।”
नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सामाजिक तथा सांस्कृतिक विविधता नेपालको पूँजी भएको बताउँदै एनआरएनएले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सहयोग पुर्‍याउने धारणा राखे।
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संस्थालाई हास्य व्यंग्यको पात्र बन्न नदिन सबैलाई सतर्क रहन सुझाव दिए। उनले भने, “हामी सबैजना एक भएर हाम्रो मन र मस्तिष्कलाई एकै ठाउँमा संगम गराईकन अगाडि बढौँ।”
एनआरएनए आइसीसीका अध्यक्ष आरके शर्माले ११ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन नसकेको दुख व्यक्त गर्दै संस्थाभित्रको विवाद समाधानका लागि सरकारले गठन गरेको समितिले गरेको निर्णयलाई मान्न आग्रह गरे।
सभामा सहभागी अन्य वक्ताहरूले पनि एनआरएनएलाई एकताबद्ध बनाई नेपालको विकासमा योगदान पुर्‍याउनुपर्नेमा जोड दिएका थिए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्