पोखरा, २३ कार्तिक। हिजो पोखरामा भएको सवारी दुर्घटनामा दुईजना घाइते भएका छन् । बिहीबार मध्यान्ह १२ बजेर १५ मिनेट जाँदा पोखरा महानगरपालिका–२२ शान्तिस्तूप नजिकै दाङबाट भ्रमणका लागि आएको बस दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, रा १ ख २१०६ नम्बरको मिनी बस पुम्दीकोटबाट छोरेपाटनतर्फ जाँदै गर्दा सडक छेउको रुखमा ठोक्किएको थियो । बसमा सवार २४ जनामध्ये दाङ तुल्सीपुर उपमहानगरपालिका–४ बस्ने १७ वर्षीया सन्ध्या रसाइली र १९ वर्षीया मनिषा रसाइली घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको र थप उपचारका लागि नमस्ते अस्पताल बिरौटा पठाइएको प्रहरीले जनाएको छ ।
