डिबि तामाङ /गोरखा,२६ कार्तिक। सिरानचोक गाउँ पालिका वडा न ३ हर्मीकाे महेन्द्र लिला माध्यमिक विद्यालयको ६२ ओैं वार्षिक उत्सब तथा अभिभावक समाराेह बिबिध कार्यक्रमका बीच सम्पन्न भएकाे छ । वार्षिक उत्सब कार्यक्रममा गत वर्ष उत्कृष्ट पठन पाठन गरेकाे भन्दै शिक्षक तथा शिक्षिकालाई सम्मान समेत गरेकाे छ । प्राबि तहमा रहेरपनि उपल्लाे कक्षामा पढाउनु हुने शिक्षिका सर्मिला खत्री जि सि र प्रा बि तहमा नै रहेर उपल्लाे कक्षामा पढाउनु हुने ताेयानाथ देबकाेटालाई विद्यालयले बार्षिक उत्सबकाे अबसरमा सम्मान गरेकाे हाे । उहाँहरुलाई गत बर्षकाे एसइइ परिक्षामा राम्रो नतिजा ल्याएकाे आधारमा विद्यालयले सम्मान गरेकाे हाे ।
कार्यक्रममा बाेल्दै सिरानचाेक गाउपालिकाका अध्यक्ष तथा वार्षिक उत्सब कार्यक्रमकाे प्रमुख अतिथि ज्ञानेन्द्र गुरुङले विद्यालयले शैक्षिक सुधारकाे लागि आबस्यक पहल गर्ने पनि बताउनु भयाे ।
अध्यक्ष गुरुङले यश बिध्यालयकाे शैक्षिक सुधारकाे लागि आबस्यक रहेकाे शैचालय, बिध्यालय घेराबार, तथा खानेपानिकाे समस्या गाउँपालिकाले सम्पन्न गर्ने पनि आस्वासन ब्यक्त गर्नु भयाे । बिध्यालयमा भवनकाे आवस्यक परेकाे हुँदा आठकाेठे पक्की भवनकाे लागि आफै निबेदन लिएर सङ्घ र प्रदेश सरकारकाेमा जाने पनि बताउनु भयाे । सङ्घ तथा प्रदेश सरकार जताबाट भए पनि आफ्नाे पालामा नै भवन निर्माण गर्ने प्रतिबद्धदा जनाउनु भयो
अहिलेकाे अबस्थामा ६/७ कक्षाका बिध्यार्थिहरुकाे हातमा माेवाईल भएकाेले पनि अध्ययन अध्यापनमा समस्या परेकाे छ यसकाे लागि अभिभावकलले पनि ख्याल गर्नु पर्ने बताउनु भयाे । ६२ बार्षिक उत्सब कार्यक्रमका विशेष अतिथि तथा सिरानचाेक गाउपालिका उपाध्यक्ष रिता देबकाेटाले अहिलेकाे अबस्थामा शिक्षामा सुधार गर्नु पर्ने पनि बताउनु भयाे । पालिकाले शिक्षा नीति बनाएकाे छ आबस्यक कानुनहरु पनि बनाउँदै जान्छ उहाँले भन्नू भयाे । सरकारले धेरै लागानि सामुदायिक बिध्यालयमा गरेकाे छ तर बिध्यार्थिहरु तथा अभिभावककाे आकर्षक भने निजि बिध्यालयमा छ याे कसरी घटाउन सकिन्छ भनी पालिकाले साेचिरहेकाे पनि बताउनु भयाे । दिनानु दिन विद्यालयमा बिद्यार्थीको सङ्ख्या घट्दाे क्रममा रहेकाेले अबकाे अबस्थापा कसरी निजि बिध्यालय सरह सामुदायिक बिघ्यालयलाई लैजान सकिन्छ भनी मापदण्ड बनाएर पालिका अगाडि बढ्ने पनि बताउनु भयाे ।
कार्यक्रम विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष जगदिस ढकालकाे अध्यक्षतामा भएकाे धियो। कार्यक्रमाा बिध्याबिद्लयालयका प्र अ राम प्रसाद अधिकारिले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएकाे थियाे।
