काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । नेकपाले आज पत्रकार सम्मेलन आयोजना गरी तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् ।
केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिगमनका विरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको जानकारी दिए ।
आन्दोलनका कार्यक्रमअनुसार, फागुन ५ देखि १२ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन लगायतको विरोध कार्यक्रम, फागुन ६ गते प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेलमा मानव साङ्लो विरोध कार्यक्रम गर्ने जनाएको छ ।
फागुन ७ गते देशव्यापी पालिकाका वडाहरुमा वडा स्तरीय विरोध कार्यक्रम गर्ने, ७ देखि १५ गथतेसम्म प्रतिगमनका विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्तरलमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम तय गरेका छन् ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.