काठमाडौं। विदेश अध्ययन गर्न पठाउनेहरुको संस्था स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनको उपाध्यक्षमा एक्टिभ सिनर्जी कन्सलटेन्सीका प्रबन्ध निर्देशक रामशरण ढकालले भुपाल तामाङ्गको समूहबाट उम्मेदवारीको घोषणा गरेका छन् ।
२०७७ फाल्गुन ८ गते काठमाडौंमा हुन गइरहेको १० औं महाधिवेशनमा हुने नयाँ कार्यसमितिको निर्वाचनका लागि विगत १५ वर्षदेखि भाषा तयारी कक्षा प्रशिक्षक, परामर्शदाता हुँदै सिनर्जी कन्सलटेन्सीका प्रवन्ध निर्देशक भएर शैक्षिक गतिबिधिमा संग्लग्न ढकालले वि.एड/ एम.ए अंग्रेजी साहित्य सम्मको अध्ययन पूरा गरेका छन् ।
शिक्षा मन्त्रालयको टिआईटिआईबाट प्रशिक्षक प्रशिक्षण तालिम लिएका ढकाल लामो अनुभव बोकेका, आईसिइएफ,इएनजेड प्रमाणपत्र प्राप्त हुन् । एक कार्यकाल स्वतन्त्र शैक्षिक परामर्श संघको सदस्य पदमा रही काम गरेका ढकाल सदस्यहरुविच निकै लोकप्रिय एवं सक्रिय छन् ।
विगत छ सात वर्षदेखि फेकनमा आवद्ध भई संस्थाको आर्थिक वृद्धि एवं विभिन्न कामहरु सक्रिय रहेर शिक्षा मन्त्रालयको समन्वयमा व्यवसायिक डेलिकेशन एवं विभिन्न मुलुकका कलेज तथा विश्वविद्यालयका कार्यशाला आयोजना गर्दै व्यवसायीहरु माझ पनि निक्कै परिचित छन् । विभिन्न कामहरुमा कार्यसमितिमा नरहेर पनि पूर्व कार्यसमिति एवं हालको कार्यसमितिलाई सहयोग गर्दै आईरहेका छन् ।
प्रष्ट वक्ता, निर्भिक एवं शालिन व्यक्तित्व भएका ढकाल स्वतन्त्र शैक्षिक परामर्श संघ(फेकन सचिवालय व्यवस्थित गर्न, विभिन्न गन्तव्य देशका विभाग गठन गरी संस्था व्यवस्थित गर्न, सवैलाई कामगर्ने अवसर प्रदान गर्न,अन्तराष्ट्रिय सम्वन्ध प्रगाढ गर्न, फेकन सहकारी अवधारणालाई मूर्त रुप दिन, कोभिडले थला परेको व्यवसायलाई सुदृढ गर्न तथा विभिन्न कलेज तथा विश्वविद्यालयहरु व्यबसायी बीच संस्थालाई परिचित गराउन अहोरात्र लागि परेर काम गर्न आफ्नो उमेद्वारी दिएको प्रतिवद्धता व्यक्त गर्ने क्रममा प्रष्ट पारे।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.