Skip to content
Pokharapress Logo
२० आश्विन २०८३, मंगलवार

मा.वि.स्तरीय वक्तृत्वकला प्रतियोगितामा जनशक्ति माविका छात्र अरविन गोतामे प्रथम

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा।राणा प्रधानमन्त्री जंगवहादुर राणा विरुद्ध पहिलो पटक विद्रोहमा उर्तिएका नेपालका प्रथम शहीद लखन थापा मगरको १४४ औं स्मति दिवसमा आयोजित शहीद लखन गाउँपालिका माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा श्री जनशक्ति माध्यमिक विद्यालयका छात्र अरविन गोतामे प्रथम भएका छन् ।
शहीद लखन गाउँपालिकाको आयोजनामा गोरखा बुँकोट काहुले भँगारमा भएको जहानियाँ राणा शासन अन्त्यको लागी प्रथम शहीद लखन थापा मगर र उनका सहयोद्धाको योगदान विषयक वक्तृत्वकला प्रतियोगितामा गाउँपालिका भित्रका ११ माध्यमिक विद्यालयलाई उछिन्दै गोतामे  प्रथम हुन सफल भए।श्री जनशक्ति माध्यमिक विद्यालयका शिक्षक रमेश लामिछानेले बताए अनुशार द्धितीयमा श्री शहीद स्मृति मा.वि, तृतीयमा श्री रामेश्वरी मा.वि.र सान्त्वनामा श्री मनकामना माविले प्राप्त गर्न सफल भयो।

शहीद लखन गाउँपालिकाको नमूना विद्यालयको रुपमा छनौट भएको सो विद्यालय नेपालको नै  उत्कृष्ट सामुदायिक विद्यालय अन्तर्गत  पर्दछ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link