पोखरा,पुस। कास्कीका विभिन्न राजनीतिक दलहरूले इजरायलले प्यालेस्टाइनमाथि गरिरहेको आक्रमणको विरोधमा प्रदर्शन र हस्ताक्षर अभियान गर्ने भएका छन् ।
प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (कास्की) र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) कास्कीले यस्तो जानकारी दिएका हुन् ।
विज्ञप्तिमा इजरायलले प्यालेस्टाइनी जनताको बाँच्न पाउने आधारभूत अधिकारको गम्भीर उल्लङ्घन गरेको उल्लेख छ । प्यालेस्टाइनी भूमि अतिक्रमण, निर्दोष नागरिकमाथि आक्रमण, स्कूल र अस्पतालमाथि हमला जस्ता क्रियाकलाप मानवताविरोधी भएको भन्दै दलहरूले भत्र्सना गरेका छन् ।
दलहरूले पौष ५ गते दिउँसो १ बजे लखनचोक (पृथ्वीचोक) र पौष ७ गते बिहान ८ बजे पृथ्वीनारायण क्याम्पस गेट बगरमा प्रदर्शन गर्ने र हस्ताक्षर सङ्कलन गर्ने जनाएका छन् । उनीहरूले इजरायललाई प्यालेस्टाइनमाथिको आक्रमण तत्काल रोक्न र प्यालेस्टाइनी जनताको अधिकारको सम्मान गर्न माग गरेका छन्
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.