Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

माओवादी केन्द्र माछापुच्छ्रेमा नयाँ नेतृत्व चयन, सरकारविरुद्ध खबरदारी

loading views..

पोखरा, ६ पुस। माछापुच्छ्रे गाउँपालिका नेकपा (माओवादी केन्द्र) माछापुच्छ्रे गाउँपालिकाको तेस्रो सम्मेलनले गोपाल पोख्रेललाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको छ। सम्मेलनले ३३ सदस्यीय गाउँपालिका समिति पनि गठन गरेको छ।
उपाध्यक्षमा डिल्लीराम भण्डारी, टेक प्रसाद अधिकारी र ढाकामोहन पौडेल, सचिवमा रामचन्द्र पौडेल, सहसचिवमा पुर्खा बहादुर पुन र कोषाध्यक्षमा अप्सरा लामिछाने चयन भएका छन्।
सम्मेलनलाई माओवादी केन्द्रका प्रदेश सदस्य तथा निर्वतमान अखिल (क्रान्तिकारी) उपाध्यक्ष प्रविना अधिकारीले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रचण्ड नेतृत्वको सरकार हटाएर बर्तमान गठबन्धनको सरकार बनाउन भ्रष्ट र कमिसन खोरहरुको हात रहेको बताउनु भयो।
सम्मेलनलाई प्रदेश सदस्य तथा गाउँपालिका इन्चार्ज राजेन्द्र गुरुङ, प्रदेश सल्लाहाकार श्याम दाहाल, जिल्ला समन्वय समिति सदस्य शिव प्रसाद पोख्रेल लगायतले पनि सम्बोधन गरेका थिए। सम्मेलनको उद्घाटन तथा खबरदारी सभाको अध्यक्षता गाउँपालिका अध्यक्ष बैकुण्ठ भण्डारीले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष गोपाल पोख्रेल र सञ्चालन सचिव शिव भण्डारीले गर्नुभएको थियो।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्