Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

“नेता विरेन्द्र बस्नेतले जन्मदिन बिपन्न बालबालिकासँग खुशी साट्दै मनाए”

loading views..
Nepal Telcome

झापा, पुस १४ गते। नेकपा माओवादी केन्द्रका युवा नेता तथा सामाजिक र शैक्षिक व्यक्तित्व विरेन्द्र बस्नेतले आफ्नो जन्मदिन बिपन्न बालबालिकाहरूसँग खुशी साटेर मनाएका छन्। दमक–१ निवासी बस्नेतले आइतबार पुष्प धिरेन्द्र प्रतिष्ठान परिसरका स्थानीय ४० जना बालबालिकालाई न्यानो ज्याकेट वितरण गर्दै चिसो मौसममा उनीहरूलाई सहयोग गरेका हुन्।

प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहेका बस्नेत नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य हुन्। जन्मदिनको अवसरमा बालबालिकालाई ज्याकेट वितरण गर्नुका साथै उनले प्रतिष्ठानको बगैंचा क्षेत्रमा विरुवा पनि रोपे।

बस्नेतले आफ्नो जन्मदिनमा फजुल खर्च नगरी बालबालिकाको हितमा केही गर्न पाउँदा सन्तोष मिलेको बताए। उनले यस अवसरलाई सामाजिक चेतना र सकारात्मक सन्देश प्रवाह गर्ने माध्यमका रूपमा उपयोग गर्न पाउँदा खुशी लागेको उल्लेख गरे।

आफ्नो परिवारका सदस्यहरूका साथमा सहयोग कार्यक्रम सम्पन्न गरेका बस्नेतले समाजमा सहयोग र सद्भावको संस्कार विकास गर्ने खाँचो औंल्याए। उनले सकारात्मक सोचसहित समाजलाई अघि बढाउन सबैलाई आग्रह गरे।

पुष्प र धिरेन्द्र बस्नेत परिवारका सदस्यहरू माओवादी जनयुद्धका क्रममा तत्कालीन राज्यपक्षका सेनाद्वारा बेपत्ता पारिएका थिए। उनीहरूको सम्झनामा स्थापित पुष्प धिरेन्द्र प्रतिष्ठान दमकमा प्राविधिक शिक्षालयका रूपमा परिचित छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link