Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

सिरानचोकमा स्थानीयको सक्रियता, द्रव्य शाह राजमार्ग चम्कियो

loading views..
Nepal Telcome

डिबि तामाङ/गोरखा,पुस १६ गते। सिरानचोक गाउँपालिका वडा नं. ३ का स्थानीयवासीको अथक प्रयासबाट द्रव्य शाह राजमार्गको १० किलोमिटर सडक खण्ड सफा गरिएको छ। करेली थुम्कादेखि छोप्राक ५ सम्मको यस सडक खण्डमा उम्रिएका झारपात र बुट्यान हटाएर सडकलाई सुरक्षित र आकर्षक बनाइएको छ।
स्थानीय बुद्धिजीवी ईश्वरीप्रसाद ढकालका अनुसार, सडकको दायाँबायाँको झाडीले गर्दा यात्रुहरूलाई निकै समस्या भएको थियो। सडक दुर्घटनाको जोखिमसमेत बढेकोले पटकपटक वडा र गाउँपालिकालाई गुहारे पनि कुनै सुनुवाइ नभएपछि स्थानीयवासी स्वयं सक्रिय भएका हुन्।
यस अभियानमा स्थानीय रेडक्रस सोसाइटी, खानेपानी समूह, वन समूह र युवा क्लबका सदस्यहरूको सक्रिय सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी हर्मि उपशाखाका सदस्य खड्गबहादुर सापकोटाले जानकारी दिनुभयो। उहाँका अनुसार, सडकको दुवैतर्फको झाडीले गर्दा वन्यजन्तुबाट हुने आक्रमणको जोखिमसमेत बढेको थियो।
स्थानीय बासिन्दा यस परिवर्तनबाट निकै खुसी छन्। उनीहरूले अब सडक सुरक्षित भएको र यात्रा गर्न सहज भएको बताएका छन्।
यद्यपि, द्रव्य शाह राजमार्गको यो खण्ड २०७२ सालको भूकम्पपछि निर्माण गरिएको भए पनि अझैसम्म पर्याप्त मर्मतसम्भार हुन सकेको छैन। सडकका विभिन्न स्थानमा खाल्डाखुल्डी र पहिरोका कारण यात्रामा कठिनाइ भइरहेको स्थानीयवासीको गुनासो छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link