Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

कामचालउ प्रधानमन्त्रीको बैशाख १७ पछि पतव निश्चित:दीपशिखा

loading views..
Nepal Telcome

दैलेख । राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले वैशाख १७ गते चुनाव नभई ओली सरकारको पतन हुने बताएका छन्। संसद् विघटन असंवैधानिक रहेको भन्दै राष्ट्रिय युवा संघ नेपाल दैलेखले मंगलबार गरेको विरोध सभालाई सम्बोधनमा उनले यस्तो बताएका हुन्।

ओलीले चुनाव हुने मिति घोषणा नगरेका र आफू सिद्दिदै छु  भनेर घोषणा गरेका बताए। नेकपा र जनताले वैशाख १७ पछि ओलीलाई बढ्न नदिने भएकाले वैशाख १७ पछि ओली सरकारको पतन निश्चित रहेको बताए।

उनले अहिलेको लडाईं पदको नभई सत्य र असत्यबीच भएकाले असत्यविरुद्ध सबै एकमत हुनुपर्ने बताए। केपी सरकारले वैशाख १७ गते चुनाव हुन्छ भन्दै हिँडेकाले ओली समूहको चुनाव चिह्न र पार्टी नभएकाले उसैले चुनाव गराउँछन् भन्ने कुरामा नलाग्न आग्रह गरे।

‘देशको विकास गर्नुपर्ने बेला हामीले बनाएका प्रधानमन्त्री तानाशाही, नोकर, कमेडियन र संविधानको हत्या गर्ने हत्यारा रैछन् भनेर चर्चा गर्नु दुर्भाग्य भयो हिजो चुनावताका जनतासामु गरेको प्रतिबद्धता पूरा हुनुपर्नेमा ओलीका कारण देश अहिले यो स्थितिमा आयो।’

‘७१ वर्षीया कम्युनिस्ट आन्दोलन रक्षा, देशको समृद्धिलगायत कुराको संस्थागत गर्ने जिम्मा दियौं उसैले रक्षा गर्नुको साटो छोरी भनेर पालेका उपलब्धिलाई बलात्कार गरेपछि त्यसविरुद्ध हामी सडकमा आउन बाध्य भएका हौं,’ उनले भने।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link