शान्ती पनेरु
मन जस्तै अमिर र असल थियो वर्गिय मुक्ति आन्दोलनको सघर्षमा उहाँको कर्म पनि वर्गिय मुक्तिको अलवा सघंर्ष अर्को नाम क विश्वास, सानो शरिर हसिलो अनुहार सधै उदार सवै प्रति साथित्वको भूमिकामा रहनु हुने आदरणिय अभिभावक पनि त्यो पुसको अन्तिम दिन २०६१ साल पुस २९ गते जुन दिनले मलाई जीवनको सास रहुन्जेल सम्म विर्सन नसक्ने गरि छाप छाडेर गएको छ। हुन त हामी परिवर्तनकारीहरु यो युगको ठेकेदार सम्झन्छौं । रातो कपन टाउकोमा बाँधेर जीवन या मृत्यु को सफथ लियर भिमकाय मोर्चामा होमिंदा देखिनै यस्ता चोटिला क्षण जीवनमा हजारौं सामना गरेकै पनि त हो । २०६१ सालमा देश भिमकाय युद्धको भूमरीमा थियो राज्यको चरम दमन निहत्था जनताको हत्या एक पछि अर्को श्रृंखलावद्ध रुपमा हुँदै थियो अर्को तिर संकट कालको पनि चरम सामना देशले खेपिरहेको थियो । प्रतिवन्ध टाउकोको मुल्य, हत्या, तारिख राज्यको लागि सामान्य थियो अर्को तिर राज्यको दमन विरुद्ध सचेत नागरिकले प्रतिरोध गर्ने पनि उतिकै थियो। विषेश त राज्यको दमन विस्तारै उत्कर्षमा पुग्दै थियो राज्य गाँउ हुँदै शहरमा पनि आफ्नो कुरुप अनुहार देखाउँदै थियो । सहर केन्द्रित आन्दोलनमा आफ्नो महवपूर्ण जीवनको कुर्बानि गर्ने माहान यौद्दाहरु पनि त्यत्तिकै हुनुहुन्थ्यो लडाई निकै पेचिलो वन्दै गयो सर्वहारा मुक्तिका खातिर जीवन उत्सर्ग गर्न पनि हाँसी-हाँसी अगाडि बडिन्थ्यो त्यो समय कति प्यारो थियो तेरा अगाडि मृत्यु छ भन्ने संकेत गर्दा पनि
जति वेला उहाँ पनि सर्घषको पेचिलो स्थान कास्की जिल्ला सेक्रेटरी हुनुहुन्थ्यो । असाध्यै मिलनसार स्वभाव सबैको प्रियपात्र क विश्वास सायदै तत्कालीन पूर्णकालिन कार्यकर्ता साथै कास्कीका लागि कमै परिचित पात्र हो हामी जन्मका हिसावमा दूरी टाढा रहेका पूर्ण कालिन सदस्यहरुले कर्ममा केही समय उहाँसंग सहकार्य गर्ने अवसर जुरेको थियो
भनिन्छ नि जन्म र मृत्यु शाश्वत हुन्छ तर ओझपूर्ण मृत्यु कमैले प्राप्त गर्छन्। पौस २८ गते कास्की गैरागाउँ र निर्मलपोखरी मैदान बजार मेरा लागी ठुला भिमकाय क्षण बन्न पुग्यो । अघिल्लो दिन पौस २७ गते हामी केन्द्रिकृत योजना तर विकेन्द्रिकृत समूहमा योजना कार्यान्वनका लागी दरिला हात मिलाएर छुटियौं भिषण संकटकालको दमन दुष्मनसँग लुकामारी/ गर्दै योजना सफल पार्ने कुरा हाम्रा लागी कम चुनौतिको थिएन प्रतिवन्धित आवाजलाई बुलन्द गर्दै राज्यसँग अधिकारको नारा स्थापित गर्ने कुरा फलामको चिउरा चपाए जतिकै कठिन थियो। लाग्छ यति वेला सम्म आइपुग्दा वर्गिय मुक्ति आन्दोलनका गाथा र इतिहास अर्धमुर्छित छन् अझै भन्नुपर्छ वीरहरुले समाधि स्थलबाट चिच्चाई रहेको मात्रै भाव हुन थालेको आभाष हुन्छ। हामी लामो समयको हिडाई पछिको थकानलाई विसाउन निधो गर्यौं २८ गते साँझ गैरिगाउँमा हामी चार जनाको सानो समूह थियो। टिम संग छुटेको १ दिन पूरा भएको थियो हाम्रा नारालाई जनता सम्म पु-याउने हाम्रो लक्ष्य अनुसार सोही दिनको काम विट मार्दै विश्रामको लागि बाटो नजिकै बुबा कविराजको घरमा रहने निधो गर्यौं। उच्च सतर्कता इन्च इन्चमा अपनाउन पर्थ्यो नत्र कुन बेला कसरी राज्यको शिकार भइन्थ्यो पत्तै हुदैनथ्यो । पुस महिनाको चिसो मौसम चकमन्न अंधेरी रात, रात को १/२ बजे सम्म मात्र हाम्रो जस्तो लाग्थ्यो अरु समय उच्च जोखिम हुन्थ्यो सहरी एरिया, रातभरी नीद आउँदैनथ्यो चकमन्न अँधेरी थिरनेटा नियालेर पर पर नियाली रहनु पर्ने हाम्रो वाध्यता हुन्थ्यो निदाउन सकिन्थेन रात भरि विहान करिव ३ बजेको हुँदो हो साथ मा रहेकी बहिनी दिक्षालाई उठाउँदै सर्तक रहन आग्रह गरें सायद म निदाउन नसकेको कुरा बहिनीले पनि महसुस गर्नु भएको रहेछ, दिदी हजुरलाई सञ्चो भएन किन सुत्न सक्नुभएन नि ? बहिनीको प्रश्न सकिन नपाउँदै म नाजबाफ त्यहाँ वाट उठें र वाहिर निस्कें टाढा टाढा नियालें नजिक भएकै पनि केही देखिदैनथ्यो पिउरी खोला दोभानवाट उठेको हुस्सुले ,त्यतिवेला सम्म बुवा कविराज पनि उठि सक्नुभएछ नानी निद्रा परेन वुवा सोध्यै हुनुहुन्थ्यो म मेरो जवाफमा भन्दै थिएँ खै किन किन आज निद्रा परेन बुवा, आस्थाका हिसावले उहाँ एमाले हुनुहुन्थ्यो सिद्धान्त कम्युनिष्ट एउटै हो भन्नुहुन्थ्यो र तिमीहरू यो व्यवस्था का लागि जिवन हत्केलामा राखेर यति सानो उमेर मा देशका लागी भनेर आगो ओकल्दै हिँडेकाछौं तिमीहरुको माया असाध्यै लाग्छ बुबा यही भनिरहनु हुन्थ्यो । कान त्यही आँखा कहाँ हो कहाँ पुग्थ्ये हाम्रा, म डाँडा तिर गए है बुडी! सक्रान्तिको लागी सर सामान किनेर ल्याउँछु। विहान ६ बजिसकेको थियो बुवा आमासँग विदा लियर निस्किनु भो, वुवा त्यता के कसो छ वुझेर आउनुस है मैले पनि बुबालाई अनुरोधगरेँ। चिसोले हात मात्रै होइन मनहरु पनि चिसो भएको हुँदो हो विस्तारै सुनसान वस्तिमा मान्छेका आवाजहरु आउन थाल्यो सायद आ-आफ्ना नियमित कर्म को सुरुवाती हुँदै होला समय विस्तारै वित्दै थियो हामी हातमा चियाको गिलास के समातेका मात्रै थियौं बुबा बडो हतारका साथ घर आइपुग्नु भो तिमीहरु जाऊ, सेना ले तिम्रो हुलिया दिदै सोधिराको छ।म चिनि लिएर फर्किएँ हतारमा, बडो वेजोड ले फैलियाँ शरिरमा भरि तरङ्ग भुगोलका हिसाबले अलि वढि परिचित नै थिए म। कति जति छन् बुवा? मेरो प्रश्न सकिन नपाउदै थाहा छैन एक हुल छन् जाउ अर्को वाटो कसैले देख्यो भने गाह्रो पर्छ, हुन पनि समय नै त्यस्तै थियो राज्य कति त्रसित बन्थ्यो त्यो वेला पात पतिङ्गरलाई पनि माओवादी देख्थ्यो राज्यको आँखाले यति हुँदै गर्दा म संग रहनु भएका भाइ बहिनहरू आई सक्नु भएको थियो। म बुवासँग विदा भए र मुल वाटो छाडेर गोरेटो बाटो पछ्यादै मैदान वजारलाई पछ्याउदै अगाडी बढें करिब तेतिवेला सम्म विहान नौ साढे नौ भई सकेको हुनुपर्छ नजिक पड्केको आवाज कानमा आएर ठोकियो र विलायो सानो गोरेटो बाटो छाड्यौ र जंगल लाई समात्यौ दुई जना कता जानुभयो यादै भएन नजिकै वाट नियाल्दै केहि बेर बुझ्ने कोसिसमा थिएं वरिपरि चकमन्न मान्छे घर बाहिर निस्कने कुरै थिएन केही बेरको सन्नाटा पछि दुई जना दिदीहरु हातमा नाम्लो वोकेर तल झर्दै हुनुहुँदो रहेछ मैदान वजारवाट करिव आधा घण्टा तल सुस्त अगाडी वढ़ें र सोधें तपाईहरु वजार बाट आउनु भएको हो ? मेरो प्रश्न सकिन नपाउँदै दिदीहरु आतिदै वोल्नु भो तपाई हरु भाग्नुस सेना बजारमै छ उतापट्टि २ जना मारेको छरे कसैलाई निस्कन देको छैन नानी ! उहाँको कुराले मनमा चिसो पस्यो को होला ? यहाँ त योजनामा हामी मात्रै थियौं कि यहि बाटो गरेर कोही कतै जादै हुनुहुन्थ्यो कि मेरो मौनता लाई भङ्ग गर्दै अर्कि दिदी पनि बोल्नु भो तपाई त अस्ति हाम्रो घरमा पनि आउनु भको थियो होइन ? हो नि दिदी म खुशी भएँ जस्तै गरि बोल्या, विचरा आज मर्ने नानि त भर्खर हिडेकी रे केटा चाही उता गोर्खा तिरको रे पातालो छरे झन उनका कुराले म भित्र आधीं नै चलायो को हुन सक्ला यो भेगमा मेरो टिम बाहेक मलाई जानकारी नै छैन कसलाई फेला पर्यो होला त्यो पनि मेरो हुलिया खोज्दै हिडेको सेनाले कसको हत्या गर्यो होला, कति निर्दयी छ राज्य वरु कब्जामा लिएको भए पनि हुन्थ्यो मनका भावना मात्र थियो मेरो मन अमिलो भो मैले अनेक प्रश्न को उत्तर खोजें तर जवाफ भेटाउन सकिन, विचरा कतै नयाँ भनेसी भर्खर मात्र होल टाइमर भएकी बहिनि सलिना र गोर्खा भनेसी आसमान त पर्नु भएन ? प्रश्नले प्रश्न गरीरह्यो ।
समयको चोटले न भोक लगायो न तिर्खा मन मा एकनास कुराहरु परालमा आगो दन्के जस्तै दन्किरह्यो एक तमासले म धेरै वेरको मौनता वाट उठेर दिदी भएको ठाउँमै पुगेर उहाँलाई सोधेँ दिदी मलाई सहयोग गर्नुहोस् न उहाँहरु पराल लिन आउन भएको रहेछ, म बोकि दिन्छु अलि माथी सम्म तपई त वजारको मान्छे सजिलो हुन्छ त्यस को गति विधि बुझेर मलाई खबर गरिदिनु न त्यति सहयोग गर्न सक्नु हुन्छ ? मैले अनुनय गरें धेरै बेर गमेर हुन्छ नि त वुझेर खबर गर्छु बरु तपाई यतै कतै रोकिनुस । हामीलाई जिवनमा यस्ता अनगिन्ति र कष्ठपूर्ण समयले धेरै पाठ सिकाएको थियो मन दर्हो गर्दै समालियर वास्तविक तथ्य पत्ता लगाउनु नै थियो तथ्यलाई नजिकवाट वुझ्न म त्यहाँ जानु नै छ झतिसुकै चुनौति मोलेर किन नहोस मैदान वजारलाई नजिक बाट नियाल्दै भाइ मुक्तिलाई लिएर बजार मुनि दुई घर तलको बारीमा पुगें त्यहाँ दाइ डाले घास काट्दै हुनुहुँदो रहेछ हामीलाई देख्नासाथ त्रसित मुद्रामा देखिन हुन्थ्यो सोरलाई सासमा अड्याउदै किन आएको भन्दै हुनुहुन्थ्यो। दाइ आज के भएको यहाँ मेरो प्रश्न सकिन नपाउदै उहाँले भन्नुभो सुन्नुभएन अघि विहान पड्केको र दुई जना मारेको छरे उतापट्टि सेनाले बजार छाडेको छैन केही रकम पनि लियोरे सुन्नमा आएको छ अरु थाहा छैन तपाईहरु जानुस, केही छिनमा वजार वुझन भनि पठाएको दिदी पनि आइपुग्नु भो ड्रेस लगायका सेनाहरु खाना खान स्कुलमा गएका छन रे तर सिविल मान्छे चाँहि छन् दुई जना हो रे नानी मारेको त हल्ला जताततै फैलिसकेको छ हेर्न जान त दियको छैन रे उहाँको कुरा सम्म पुग्दा झनै प्रष्ट भयो तर को होला मन भित्र भित्र हुटहुटी चल्न थाल्यो करिव १ वजिसकेको थियो। बस्तीमा त्राइमाम सुनसान थियो मनभरि अनगिन्ती प्रश्न उठे राज्य किन यति निरंकुश र निहत्था जजताको हत्या गरेर अगाडि बढृको होला! दिन ढल्दै थियो त्यत्तिकै फर्कन मन फिटिक्क मानेन आफैं जसरी पनि घटनास्थल जाने निधो गरें र साथी मुक्तिलाई लिए र विस्तारै अघि बढेँ आफ्नै हुलियाँ वदल्नपति त्यतिकै कठिन थियो गाउले दाइसँग दिदीको पछ्यौरा मागें र म पछ्यौरा लिएर निस्कें मुक्ति अघि लाग्नु भो म पछि,बजार एकदमै सुनसान बर्षातको झरी परेर बिदो भएको जस्तै मान्छे कहि कहि छुटपुट देखिन्थ्यो मलाई सजिलै गरि चिन्ने बजारको एक जना बुवाको नजरमा ठोकियो वुवा ईसरा गर्दै खतराको संकेत गर्दा म कुनै प्रवाह नगरी रोड काटें र गोरेटो वाटो समाते केही पर पुगें र सुस्ताएँ घटना भएको ठाउँ नियाले केही थिएन सुनसान चरा चुरुङ्गीको आवाज कही कतै सुनिन्थ्यो केही पर कसैले सुसिला सुसेलेको सुन्दर स्वर काममा ठोकियो मन भारी भो डर पनि कता कता मडारिए मेरे पनि मरिन्छ आखाँ चारै तिर डुलाएँ। कमरेड मुक्तिसँग सायद वाटोको फरक परेछ कि भेट भएन कहाँ पुग्नु भो उहाँलाई खोज्न पनि मन गएन, नजिक खस्र्याक्क मान्छे हाम फालेको आवज नजिकै आयो एक पटक त मुटुले ठाउ पनि छोडेर कता कता गयो यो नै अन्तिम दिन हो कि ?
मेरो डर को सिमा भङ्ग गर्दै, बहिनी कल्पना पो रहिछिन तपाई लाई कती खोज्यां मलाई वुवाले पठाउनु भको तपाईलाई देख्नु भको थियो रे म घाँस लिन आएको निउ पारेर निस्किएकी तपाई किन एक्लै आउनु भएको ? उनले एकै पटक कति कुरा सोधेर भ्याइन, के भएको विहान सेना कहाँ छ कति जना मारेको केही थाहा पायौ तिमीले ? मैले उनी त्यो घटना नजिक वाट बुझेकि छन झै गरि प्रश्न सोधिरहें। हो हुन पनि उनी त्यही वजार कै एक स्थानिय सहयोगी हुन हाम्रो त्यसैले होला हाम्रो पिडामा उनी शान्त्वना दिन जोखिम मोलेरै त्यहाँसम्म आइपुगिन त्यो समयमा त्यस्ता लाखौँ समर्थक थिए जसले परिवर्तनका हरेक मोर्चामा आफूलाई कुनै न कुनै रूपमा उभ्याई रहें, शब कहाँ छ कति जना हो मेरो कुरा नसकिदै उनको जबाफ थियो एक जना गोली माथि नै लागेको म त खाना खायर वाहिर निस्किएकी मात्रै थिए ।
एकै चोटी पड्कीएको आवाज सँगै हाम्फालेको देखी की हुँ चार जना हुनुहुन्थ्यो उ त्यो खोल्सामा छोपेर राखेको छ उनले त्यही वाट देखाउँदै भनिन अझै प्रश्ट हुने गरी फेरी सोधें अनि केटी पनि भन्ने हल्ला थियो त के हो? उनले फेरी भनिन् थाहा भएन नि दिदी मलाई नै कोदालो ल्याउन लाएका थिए त्यहा गाडेको एक जना हो मैले त्यति देखेको उनको जवाफ सकिएकै थिएन टाउको माथि आकास खसे जस्तो भएर आयो को होला, दिदी जाऊ कसैले देख्यो भने हामी रहदैनौ वहिनी कल्पना आत्तिएको झै गरी मलाई भन्दै हुनुहुन्थ्यो । तपाई घाँस लिएर जानुस अघि आएको बाटो म ठिक छु वुवालाई खबर दिनुस म सम्झाउदै थिए त्यहा सम्म पुगेकी म मन रितो वोकेर फर्किन मन लागेन, म एक पटक सव हेर्छु को रहेछ। करिव १५०-२०० मिटर तल सम्म रगत ले भिजेको माटोलाई पछ्याउदै अगाडी वढे कल्पना तिमी जाउ किन किन उनी मलाई त्यो अनकन्टार जंगलमा एक्लै छाडेर जान चहिनन् अलि तल सम्म पुगिन र रोकिइन म एक तमास झरिरहें सानो खोल्सा मा केही कमेरो माटोले र कट्टुसको स्याउलाले छोपेर सव लाई त्यतिकै मुढा जस्तै लडाएको नजिकै वाट उसले राख्न सक्ने धरापलाई नियांले खासै केही लागेन कमेरो माटो र स्याउला हटाएको मात्र के थिए क विश्वासको मृत शरिर टाउको थिचि थिचि खप्पर को भागको पाटो निक्लेर छाला ले मात्र अड्याएको तातो शरिर आलो रगत पनि सुक्न भ्याएनछ मुन्टो विस्तारै उठाएं ३२० भोल्टको करेन्टको तरङ्ग शरिर भरि प्रवाह भयो, क विश्वास दाइ अघि सम्मको मेरो भ्रम पूर्ण रूपमा सत्य भो आँखा अगाडि मन वेसरी रनथनियो आँखा अगाडि भएको सत्य पचाउन मलाई कति गाह्रो भयो त्यो कुनै सिमा नै भएन जिवन एक कर्कलाको पानि त्यसै त भनिएको होइन नि दुई दिन अघि मात्रै दुष्मनको गतिविधिवाट उच्च सर्तक रहनुहोला भनि अभिभावकत्व निर्वाह गरि फेरी भेटौला भनेर छुटिएको हामी अब कहिल्यै नभेटने गरी गएको वाटोले पनि यथार्थलाई भ्रम पारी रह्यो धेरै वेर मन भक्कानिएर छल्किएका आँशु आँखाका डिल हुँदै तल झरेको सम्म पत्तो भएन पातालो दाइको शरिर मिजासिलो अनुहार आँखा अगाडि फनफन घुमिरह्यो । नर पिचास कति सम्म निर्दयी र दानवी हुँदा रहेछन् भन्ने कुरा क विश्वासको मृत शरिर माथिको ज्याजती ले प्रश्ट झल्किन्थ्यो विस्तारै उठें र प्रण गरें तपाईको आलो रगत खेर जान दिदैनौ नि दाइ मुठ्ठी कसेँ
निकालिएको सब लाई वडो जतनले तेही राखें र बहिनी कल्पनालाई फेरि घांस लियर घर जान आग्रह गरेँ।
दुष्मन को गतिविधि वुझ्न लगाएँ थिचिएको भारी मन विस्तारै समाल्दै शोक लाई शक्तिमा बदल्दै त्यहाँवाट उठें (मलाई थाहा थियो क विश्वास को हत्या गर्ने हत्यारा पनि पुर्ण भ्रममा थियो उसलाई तेति ज्ञान उनी विजय ढकाल हुन भन्ने कुरा थाहा थियो भने यो शब गायव भई सक्थ्यो) मैदान सुनसान भएको खबर बहिनी कल्पनाले इसरा दिनुभो विस्तारै अघिवढें र इन्चार्ज क प्रभा लाई खबर दिएं ठूलो क्षति बेहेरी रहेको कास्की जिल्ला झन थलिन पुग्यो, प्रिय अभिभावक गुमाएको पनि आज २० वर्ष वितेछ ति वितेका वर्षहरु कहिल्यै फर्किएनन् फर्किए न केवल यादहरु त्यो पनि वर्गिय मुक्ति आन्दोलनको यात्रामा सँगै प्रण गरेका र पृथ मनहरु सँग देखेका साझा सपनाको पाण्डुलिपि आजभोलि ती दिन हरुमा भोगेका युद्ध का भिमकाय क्षणले हाम्रो मस्तिष्कलाई विच्काई रहन्छ जिस्काइ रहन्छ र वेला वावत गिज्याई रहन्छ पनि आज देशका माहान शहिद क विश्वास जस्तै हजारौ को वलिदानिले गणतन्त्र धर्म निरपेक्ष र संघियता समानुपातिक का नारा स्थापित छ तर केही सिमित मान्छे हरुलाई मजा छ तपाईहरुका रगतले प्रतिरोधको झिल्को ज्वालामा अगाडि वढ्यो गाउँ वस्ती अधिकार का लागी डगमगायन तर विडम्वना तपाई हरुकै रगत ले न्याय पाउन सकेन व्यावस्था सिमित ठेकेदारको हातमा छ । आज माहान शहिदहरु सँगै जिवित योद्धाले देखेका सपना अलपत्र छ । अझ केही मनुष्यले तपाईकै रगत वाट सिर्जित गणतन्त्र र समानुपातिक मुनाफा कुम्लायर तपाईहरूकै रगतलाई बेला बखत अपमान गरेको देख्दा साह्रै मन दुख्छ सायद
त्यो भिम काय परिस्थितिको जिउदो साक्षी भएर पनि होला तपाई हरुकै वालिदानीलाई भर्याङ र मजाक बनाउँदै सत्ताको मोहमा नव धनाड्यहरु पनि नयाँ नयाँ कुरुप अनुहारमा देखिएकै छन् जन्ताका एजेण्डा र जनजिविकाका सवाल एक पछि अर्को गरी कम्जोर हुँदै गएको छ । जे होस सुन्दर समाज परिकल्पना गर्ने तपाई लगायत तपाईको त्याग समर्पण र वलिदानिलाई मनै देखि उच्च सम्मान छ। हार्दिक श्रदाञजलि माहान शहिद विजय ढकाल क विश्वास।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.