Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघमा विजेन्द्र विक्रम शाह सर्वसम्मत

loading views..

काठमाडौं ,पुस २९ गते। नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औं वार्षिक साधारण सभा तथा चौथो राष्ट्रिय अधिवेशनले विजेन्द्र विक्रम शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले नौ जना पदाधिकारी र १० सदस्य गरी १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
१९ सदस्यिय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मेखबहादुर अधिकारी, प्रथम अध्यक्षमा केशवराज खनाल र द्वतीय उपाध्यक्ष प्रकाश श्रेष्ठ सर्वसम्मत भए ।

यस्तै राकेश मेहता महासचिव, गोपाल खेतान उपमहासचिव, गणेशप्रसाद अधिकारी कोषाध्यक्ष, गंगाबहादुर अधिकारी सचिव, सुरेशकुमार भट्टराई सहकोषाध्यक्ष पनि निर्विरोध निर्वाचित भए ।

सदस्यहरुमा रञ्जितकुमार अग्रवाल, दिलिपकुमार अग्रवाल, कमल नेपाल, राजेन्द्र डंगोल, पंकज अग्रवाल, प्रदिपकुमार घिमिरे, राजकृष्ण दाहाल, किरण खरेल, हेमराज खनाल र विचित्र ढुंगाना
चुनिएका छन् । यो कार्यसमितिको कार्यावधि दुई वर्षको रहनेछ । नव निर्वाचित अध्यक्ष शाहले आफ्नो कार्यकालमा मसलन्द उद्योगको विकासका लागि सदैव लाग्ने प्रतिवद्धता जनाउँदै सर्व सम्मत बनाउन पहल गर्ने सबैलाई धन्यवाद दिए ।
अधिवेशनको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका थिए ।  मन्त्री लेखकले सरकारले बढि मुल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने निति लिएको बताउदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्