Skip to content
Pokharapress Logo
२६ श्रावण २०८२, सोमबार

मूल्य बृद्धि बिरूद्ध अनेरास्ववियूले कडा सडक संघर्ष गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड समूहका विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध जनाएको छ । सहसंयोजक रञ्जित तामाङले हस्ताक्षर गरेको विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई कडा चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्य घट्दा समेत नेपालमा मूल्य समायोजन नगरी उल्टै वृद्धि गर्दै जाने क्रम विगतदेखि नै जारी छ । पेट्रोलियम पदार्थमा हुने गरेको मूल्य वृद्धिले हरेक क्षेत्रमा प्रभाव पार्ने हुँदा तत्काल मूल्य वृद्धि तत्काल  फिर्ता लिन अनेरास्ववियूले जोडदार माग गरेको छ ।

arrow प्रतिक्रिया दिनुहोस्